१४ बैशाख २०८३, सोमबार | April 27, 2026

देउवा, प्रचण्ड र माधव नेपालबीच बसेको बैठक बिना निष्कर्ष सकियो



काठमाडौं । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा शनिबार भएको बैठक एमसीसीका विषयमा कुरा नमिलेपछि बिना कुनै निष्कर्ष सकिएको छ । एमसीसी परियोजना बारेको प्रधानमन्त्री शेरबहादुर देउवाको संसदमा लैजाने प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अस्विकार गरेपछि बैठक बिना निष्कर्ष सकिएको हो । देउवा र प्रचण्ड नेपालले आ–आफ्नै अडानमा कायम राखेपछि बैठकले ठोस निष्कर्ष टुंगिएको हो ।

नेता त्रयबीच एमसीसीका केन्द्रीत छलफलमा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राखेका थिए भने प्रचण्ड र नेपालले प्रतिपक्ष सहितको समान धारणा बनाएपछि मात्र एमसीसीलाई संसदमा लैजानु पर्ने अडान लिएका थिए । । ‘अब ढिला नगरी एमसीसीलाई संसद्मा टेबल गरौँ । त्यहीँ आ–आफ्नो धारणा राखौँ । त्यहीँबाट यसको छिनोफानो गरौँ ।’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले दाबी गरेको छ । नेता द्वयले स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने धारणा राखेको स्रोतले उल्लेख गरेको छ ।

बैठकमा प्रधानमन्त्रीले एमसीसी सम्झौता टेबल गर्न लगातार जोड दिएपछि दुई नेताले यसरी जबर्जस्ती गर्ने हो भने ‘गठबन्धन भत्किन सक्ने’ चेतावनीसमेत दिएको बताइएको छ । प्रधानमन्त्री देउवाले भने एमसीसीका कारण गठबन्धन नभत्किने आश्वासन दिँदै संसदमा टेवल गर्न प्रचण्ड र नेपाललाई मनाउने प्रयास गरेका थिए ।

अमेरिकाले यही फेब्रअुरीको अन्तिमसम्म एमसीसीबारे छिनोफानो गर्न नेपाललाई समयसीमा दिएको छ । केही दिनअघि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेताहरुलाई फोन गरेर एमसीसी पारित नभए ‘नेपालसँगको सम्बन्धनमा पुनर्विचार गर्ने’ सम्मको धम्की दिएको समाचार बाहिरिएको थियो ।

 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  २ : २२ बजे

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११

सरकारको श्वेतपत्रले देखायो अर्थतन्त्रको वास्तविक चित्र (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक श्वेतपत्रले जारी गरेको छ । स्वेतपत्रले