२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

देउवा, प्रचण्ड र माधव नेपालबीच बसेको बैठक बिना निष्कर्ष सकियो



काठमाडौं । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा शनिबार भएको बैठक एमसीसीका विषयमा कुरा नमिलेपछि बिना कुनै निष्कर्ष सकिएको छ । एमसीसी परियोजना बारेको प्रधानमन्त्री शेरबहादुर देउवाको संसदमा लैजाने प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अस्विकार गरेपछि बैठक बिना निष्कर्ष सकिएको हो । देउवा र प्रचण्ड नेपालले आ–आफ्नै अडानमा कायम राखेपछि बैठकले ठोस निष्कर्ष टुंगिएको हो ।

नेता त्रयबीच एमसीसीका केन्द्रीत छलफलमा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राखेका थिए भने प्रचण्ड र नेपालले प्रतिपक्ष सहितको समान धारणा बनाएपछि मात्र एमसीसीलाई संसदमा लैजानु पर्ने अडान लिएका थिए । । ‘अब ढिला नगरी एमसीसीलाई संसद्मा टेबल गरौँ । त्यहीँ आ–आफ्नो धारणा राखौँ । त्यहीँबाट यसको छिनोफानो गरौँ ।’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले दाबी गरेको छ । नेता द्वयले स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने धारणा राखेको स्रोतले उल्लेख गरेको छ ।

बैठकमा प्रधानमन्त्रीले एमसीसी सम्झौता टेबल गर्न लगातार जोड दिएपछि दुई नेताले यसरी जबर्जस्ती गर्ने हो भने ‘गठबन्धन भत्किन सक्ने’ चेतावनीसमेत दिएको बताइएको छ । प्रधानमन्त्री देउवाले भने एमसीसीका कारण गठबन्धन नभत्किने आश्वासन दिँदै संसदमा टेवल गर्न प्रचण्ड र नेपाललाई मनाउने प्रयास गरेका थिए ।

अमेरिकाले यही फेब्रअुरीको अन्तिमसम्म एमसीसीबारे छिनोफानो गर्न नेपाललाई समयसीमा दिएको छ । केही दिनअघि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेताहरुलाई फोन गरेर एमसीसी पारित नभए ‘नेपालसँगको सम्बन्धनमा पुनर्विचार गर्ने’ सम्मको धम्की दिएको समाचार बाहिरिएको थियो ।

 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  २ : २२ बजे

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा

पर्यटकको रोजाइमा अन्नपूर्ण-धौलागिरि पदमार्ग

म्याग्दी । म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग

व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

कर्णाली । संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर