१९ माघ २०८२, सोमबार | February 2, 2026

लुम्बिनी प्रदेशको राजधानीका गतिबिधि बुटवलबाट, स्थापना दिवस भने दाङमा



बुटवल । प्रदेश राजधानीका सबै गतिबिधि अस्थायी राजधानी बुटवलबाट संचालन भएपनि लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस भने संसदले तोकेको दाङको देउखुरीमा मनाउने भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले आईतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै दाङमा मनाउन लागिएको स्थापना दिवस मनाउने तयारी पुरा भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारले घोषणा गरेको पदक र विभुति प्राप्त गर्ने संस्था र व्यक्तिहरु, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिहरुलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको जानकारी दिए । प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभा सभामुख पुर्ण घर्ती सहित क्याबिनेट मन्त्रीहरुको सहभागिता रहने कार्यक्रममा मन्त्रालयहरुले गरेको प्रगति प्रतिबेदन, प्रदेशको डकुमेन्ट्रि सार्वजनिक तथा पदक र विभुषण वितरण गरिने उनले बताए ।

उनले प्रदेश स्थापना दिवससँगै जनयुद्ध दिवसका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिन नसकेकोमा दुःख व्यक्त गर्दै बिदा दिएकोमा मधेश प्रदेश सरकारलाई धन्यबाद दिए । मन्त्री शर्माले संसदले दाङको देउखुरी राजधानी तोकिसकेपछि क्रमशः मन्त्रालय र सरकारका गतिबिधि दाङमा हुन अश्वाभाविक नभएको बताए ।

प्रदेशको राजधानी देउखुरी तोकिएपनि अहिले सम्म प्रदेश सरकारले देउखुरीमा न त जग्गा प्राप्त गर्न सकेको छ न त राजधानीको गुरु योजना (डीपीआर) नै तयार भएको छ । जबर्जस्ती सारिएका २ वटा मन्त्रालयको सबै काम कारवाही पनि बुटवलबाटै संचालन भइरहेका छन् । सरकारले बिना पूर्वाधार शहरी विकास र स्वास्थ्य मन्त्रालय देउखुरीमा सार्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ४ : ०५ बजे

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको