२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमसीसी विरुद्ध समाजावादीको बुटवलमा प्रदर्शन



बुटवल । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको आह्वानमा सो पार्टीका भातृसंगठनहरुले बुटवलमा एमसीसी विरुद्ध प्रदर्शन गरेको छ । भातृसंस्थाहरुको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरित रहेको भन्दै आईतबार बुटवलमा विरोध प्रदर्शन गरेका हुन ।

एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, गो ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायत प्लेकार्डसहितको नारा लगाएका थिए ।

बुटवलमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसि सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्विकार्न नहुने बताए । उनले सम्झौता लागू गराउन अमेरीकाले नेताहरुलाई धम्कीदिएकोमा आपत्ति जनाउँदै अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताए । उनले आफुहरु टाउकोमा कफन बाँधेर आन्दोलनमा होमिएकाले शिर्ष नेतालाई घुँडा नटेक्न चेतावनी दिए ।

बुटवल ट्राफिक चौकमा भएको विरोध प्रदर्शमा युवा संघ नेपालका केन्द्रीय सचिव हिमाल थापाले एमसीसि परियोजनाबारे राजनैतीक र नागरिक तहमा थुप्रै प्रश्नहरु उठेकाले त्यसबारे सहमती नगरिकन संसदनमा लैजानै नहुने बताए ।

प्रदर्शनमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, केन्द्रीय सदस्य उमा काफ्ले, प्रदेश कमिटि सदस्य हिराध्वज शाह लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ५ : ४२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले