८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

एमसीसी सम्झौता विरुद्ध उभिने माओवादीको निर्णय, जबरजस्ती अघि बढाए सरकारबाट बाहिरिने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ ।

माओवादी केन्द्रको संसदीय दलको आज बसेको बैठकले यथास्थितिमा एमसीसी सम्झौता संसदमा पेश गरिए त्यसको विपक्षमा उभिने निर्णय गरेको हो ।

बैठकले यथास्थितिमा एमसीसी पास गर्न नसकिने निष्कर्ष निकालेको छ । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक देव गुरुङले संशोधनविना एमसीसी पास गर्न नसकिने स्पष्ट पारे । उनले भने, ‘एमसीसीमा रहेका असमान शर्तहरु, असमान प्रावधानहरु संशोधन नगरी यथास्थितिमा यसलाई अगाडि बढाउन सकिदैन,’

संसद बैठक आजै दिउँसो १ बजे बस्दैछ । बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्ने सरकारको तयारी छ । गुरुङले सहमति विना जबरजस्ती संसद बैठकमा पेश भए सरकारबाट बाहिरिने बताए ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ११ : २३ बजे

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी

बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा