१५ भदौ २०८३, सोमबार | September 1, 2026

माओवादी र एकीकृत समाजवादीले एमसीसीको पक्षमा मत दिए मात्र जसपाले दिने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) गर्ने निर्णयको आधारमा रणनीति बनाउने भएको छ ।

माओवादी र एकीकृत समाजवादीले एमसीसीलाई संसदबाट अनुमोदन गर्ने सम्बन्धमा पक्षमा मतदान गरे पक्षमा र विपक्षमा मतदान गरे विपक्षमा मतदान गर्ने रणनीति जसपाले बनाएको हो ।

‘माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको पक्षरविपक्षमा जस्तो भूमिका खेल्छ उनीहरुकै आधारमा जसपाले आवश्यक निर्णय लिनेछ,’ जसपाका सांसद मोहम्मद इस्तीयाक राइले भने ।

तर जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भने एमसीसी अहिलेकै अवस्थामा पास गर्नुको विकल्प नभएको बताउँदै आएका छन् ।

सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले अहिले अवस्थामा एमसीसी पास गर्न नसकिने स्पष्ट बताउँदै आएका छन् । उनीहरुले एमसीसी सम्झौताका केही बुँदा संशोधन गरेपछि मात्र अनुमोदन गर्न सकिने बताएका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने एमसीसीलाई हालकै अवस्थमा प्रतिनिधिसभामा टेवल गरी अनुमोदन गनुपर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ११ : ३८ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,