४ पुस २०८२, शुक्रबार | December 19, 2025

कार्यव्यवस्थामा कांग्रेसका मन्त्रीले भने- एमसीसी सरकारको प्रस्ताव, माओवादी र नेकपा एसका नेताले भने- होइन कांग्रेसको मात्र प्रस्ताव



काठमाडौं । एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा दरार उत्पन्न भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पेस गर्न जोडबल गरेका थिए तर उनी त्यसमा सफल हुन सकेनन् । गठबन्धनका दलहरुले नै एमसीसीको विपक्षमा निर्णय गरेपछि देउवा संकटमा परेका हुन् ।

बुधबार प्रतिनिधि सभाको बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समिति बैठकबाट कार्यसूचीमा एमसीसी सम्झौता राख्न सरकारले जोडबल गरेको थियो ।

मंगलबार तय भएको सम्भावित कार्यसूचीमा नरहेको विषयमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए । त्यसमा गृहमन्त्री बालकृकष्ण खाड र कांग्रेस सचेतक पुष्पा भुसालले पनि जोड गरेका थिए ।

बडुले एमसीसी संसदमा टेबल गर्ने सरकारको प्रस्ताव रहेको बैठकमा बताए । तर , तत्कालै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले आपत्ति जनाए । एमसीसीको प्रस्ताव कार्यूचीमा राख्ने सरकारको प्रस्ताव नभएर कांग्रेसको भएको उनीहरुको भनाइ थियो ।

बैठकमा गुरुङले भने, ‘ यो गठबन्धनको सरकार हो र यसबारे गठबन्धनले केही निर्णय गरेको छैन । त्यसैले एमसीसीको प्रस्ताव कांग्रेसको हो ।’

प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्ता गठबन्धनको अर्को दल जनता समाजवादी पार्टी अनुपस्थित बैठकले एमसीसी कार्यसूचीमा राखेन ।

बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रमुख प्रतिपक्षी दलले संसद अवरुद्ध गरिरहेकाले अवरोध हटेपछि मात्र एमसीसी संसदमा टेबल गर्न मिल्ने अडान राखे । बैठकपछि गुरुङले भने, ‘सदन सञ्चालन नहुँदा सन्धी, सम्झौता र विधेयहरु अगाडि बढाइन मिल्दैन यो संसद्को अभ्यास हो।’

त्यस्तै एकीकृत समाजवादीका सचेतक श्रेष्ठले अवरोधकाबीच एमसीसी टेबल हुँदा सांसदहरुले यसबारे धारणा राख्न नपाउने भएपछि टेबल गर्नुको औचित्य नहुने बताए । जनताको अत्याधिक चासो भएको विषमा संसदमा छलफल नहुने कुरा उपयुक्त नभएको उनको भनाइ थियो ।

त्यस्तै गुरुङले टेबल गर्न राष्ट्रिय सहमति जुटाउन आवश्यक रहेको बताए । एमसीसी अघि बढाउन संविवधानमा व्यवस्था नरहेको र दूरगामी प्रभाव पार्ने विषयमा पास गर्न राष्ट्रिय सहमति आवश्यक हुने उनको भनाइ थियो ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : २६ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा