७ पुस २०८२, सोमबार | December 22, 2025

गणेशका मूर्ति चोरी गरेको आरोपमा दुई युवक पक्राउ



काठमाडौं । नेपाल प्रहरीले गणेशका मूर्ति चोरी गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका-५ का १८ वर्षीय रमेश बागदासलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले चार थान ढलौटको मूर्तिसहित सुदीप र रमेशलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुबाट प्रहरीले दुई किलो १०० ग्राम गणेशको मूर्ति, एक किलो ३०० ग्रामको गणेशको मूर्ति, एक किलो २०० ग्रामको गणेशको मूर्ति र एक किला ५०० ग्रामको बुद्धको मूर्ति बरामद गरेको छ । दुवै जनाले ज्याकेटभित्र मूर्ति लुकाएर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद-२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ७ : ०७ बजे

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका