१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सत्तारुढ दल– विदेशी सहायताको विरोध गर्दै सडकमा, निर्वाचन आयोग– विदेशी दाता गुहार्दै



काठमाडौं । सत्तारुढ दलहरु विदेशी सहायताको विरोध गर्दैै सडक तताइरहेका बेला निर्वाचन आयोग भने निर्वाचनको लागि अन्तर्राष्ट्रिय सहायता जुटाउन दातासँग छलफल गरिरहेको छ ।

सरकारले २०७९ वैशाख ३० स्थानीय तहको निर्वाचन गर्नको लागि मिति घोषणा गरिसकेको छ । सोही निर्वाचन सम्पन्न गर्न आवश्यक बजेटको जोहो गर्नको लागि आयोगले दातासँग छलफल सुरु गरेको हो ।

‘अर्थ मन्त्रालयसँगको सहकार्यमा आगामी स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय सहायताको प्राप्तिका सम्बन्धमा छलफल गर्न यही फागुन ४ गते विकास साझेदार समन्वय बैठक सम्पन्न गरियो,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार अन्तर्राष्ट्रिय सहायताको प्राप्तिको लागि आयोगले बुधबार काठमाडौंस्थित २० वटा कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाका प्रमुख र प्रतिनिधिहरुसँग छलफल गरेको थियो ।

बैठकमा दाताहरुलाई आयोगद्वारा पहिचान गरिएका मतदाता शिक्षा, सूचना प्रविधि, भौतिक सामग्री तथा विज्ञ परामर्श सेवा लगायतका सम्भावित सहायताका क्षेत्रहरुको बारेमा जानकारी गराइएको थियो ।

छलफलका क्रममा केही विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले उक्त सहायताका क्षेत्रमा आयोगसँग सहकार्य गर्न तयार रहेको जानकारी गराएका थिए ।
अयोगले यस्तो बेला सहायताको लागि दातासँग छलफल गरेको छ जतिबेला सत्तारुढ दलहरु नै सडकमा उत्रेर विदेशी सहायताको विरोध गरिरहेका छन् ।

५० करोड डलरको अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसदबाट अनुमोदन गर्ने कुरामा अहिले सत्तारुढ दल विभाजित भएका छन् ।

सत्तारुढ पाँच दलमध्ये अहिले नेपाली कांग्रेस एमसीसीको पक्षमा देखिएको छ । नेकपा ९माओवादी केन्द्र०, नेकपा एस ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी भने संशोधन नगरी एमसीसी अनुमोदन नगर्ने पक्षमा उभिएका छन् ।

विदेशी सहायतालाई लिएर सत्तारुढ दलहरु विभाजित भइरहेका बेला निर्वाचन आयोगले सहायतको लागि दाताहरुसँग छलफल अघि बढाएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ५ : ३७ बजे

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक