१६ भदौ २०८३, मंगलबार | September 1, 2026

एमसीसीबारे निर्णय लिन बसेको गठबन्धन बैठक निस्कर्षविहीन, ८ गते फेरि अर्को बैठक बस्ने



काठमाडौं । एमसीसीबारे निर्णय लिन बसेको सत्तारुढ गठबन्धनको बैठक विना निस्कर्ष सकिएको छ ।

दलहरुबीच सहमति जुट्न नसके पनि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई दुईदिन पछि सार्न सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले आजै एमसीसी संसदमा पेश गर्नुपर्ने धारणा राखेका थिए । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले सहमति खोज्नका लागि आग्रह गरेका थिए ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फागुन ८ गते पर्सि अर्को बैठक बस्ने बताए । नेपालले भने, ‘प्रधानमन्त्रीले आजै एमसिसी संसदमा पेस गरौं भन्नुभएको थियो। हामीले भोलि हाम्रो पार्टीको स्थायी कमिटी बैठक छ। पर्सि फेरि छलफल गरौं भन्यौं त्यसपछि प्रधानमन्त्री आज एमसिसी संसदमा पेस नगर्न सहमत हुनुभयो।’

गठबन्धनको बैठकमा कुनै सहमति नजुटेपछि शुक्रबार बस्ने प्रतिनिधिसभामा एमसीसी टेबुल नहुने भएको छ । बालुवाटारमा गठबन्धनको बैठकमा भाग लिन जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच अलग्गै बैठक भएको थियो ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपा अध्यक्ष यादव उपस्थित थिए । एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर केही दिनदेखि गठबन्धनको बैठक बस्दै आएको छ । तर कुनै सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ११ : १३ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत