१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

एमसीसीकै कारण सत्ता गठबन्धनमा समस्या आउँदैन : कांग्रेस प्रवक्ता महत



चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज भरतपुमार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने, “ कांग्रेसले एमसीसी सदनमा लगेर छलफल गरौँ भनेको हो । गठबन्धन टुट्नु पर्छ भनेको छैन । ”

महतले सत्ता गठबन्धन र एमसीसी फरक विषय भएकाले यसकैका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको बताए । उनले भने, “गठबन्धनको विषय एउटा हो एमसीसीको अर्को विषय हो । ”

एमसीसीमा कुनै देशद्रोह नभएको महतले जनाए। प्रवक्ता डा महतले एमसीसी नेपालको हितमा रहेको जिकिर गर्दै भने, “नेपालको सडक, विद्युत् ट्रान्समिसन लाइन बन्छ त्यो देश द्रोह हो ?संसद्मा पेश गरौँ, कमीकमजोरी भए आउँछन् । किन हिच्किचाहट भएको छ ?”

सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै उनले त्यो सार्वभौम संसद्को अधिकार भएको बताए । दलहरुका एमसीसी बारेको स्पष्ट धारणा आउनुपर्ने जनाउँदै उनले भने “संसदमा एमसीसीका पक्षमा मत हाल्ने हो कि नहाल्ने, बाहिर बस्ने हो कि, भित्र बस्ने ? निर्णय गर्नु प¥यो ।”

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पास गर्छु भनेर पत्र पठाएको स्मरण गराउँदै उनले भने, “प्रचण्डले एमसीसी पास गर्छौं भने सिग्नेचर गरेका हैनन् र ?” विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसीसी संसदमा लैजान खोजिएको स्मरण गराउँदै प्रवक्ता डा महतले अहिले सत्ता बाहिर पुगेपछि कुरा नफेर्न एमालेसँग आग्रह गरे । उनले भने, “ एमसीसीका बारेमा आज एउटा कुरा भोलि अर्को कुरा । आज ठीक भोलि बेठीक । सत्तामा हुँदा ठीक नहुँदा बेठीक यस्तो पनि कुरा हुन्छ ?” रासस

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १२ : ५० बजे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय