५ पुस २०८२, शनिबार | December 20, 2025

टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस



काठमाडौं । नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ ।

यस उपलक्ष्यमा आज काठमाडौंस्थित टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।

२००७ फागुन ७ गते १०४ वर्षसम्म कायम जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएकाले फागुन ७ लाई प्रजातन्त्र दिवसका रुपमा मनाउने गरिएको हो ।

समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अङ्कित दुई वटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाइएको थियो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपासका साथै ‘यो नेपाली शिर उचाली‘’सहित देशप्रेमले भरिपूर्ण कालजयी राष्ट्रिय गीतका धुन र व्याण्ड प्रस्तुत गरिएको थियो । समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ११ : २१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता