१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

अचेत अवस्थामा फेला परेका दुईसहित चारको मृत्यु



भक्तपुर । भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भ-याङबाट लडेर एक जना मृतावस्थामा फेला परेका छन् । मध्यपुर थिमि नपा–२ सानोथिमिको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा फेला परेका दुई र सानोथिमिमै भ-याङबाट लडेर एक जनाको मृत्यु भएको हो । त्यस्तै सूर्यविनायक नगरपालिका–९ नंखेलमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सानोथिमीस्थित मगरगाँउमा ७८ वर्षीय शिवराम श्रीमालीको आफ्नै एकतले घरको भ-याङबाट अचानक लडेर मृत्यु भएको हो । लडेर घाइते भएका श्रीमालीलाई उपचारका लागि नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल थिमि लगिएकामा उपचारकै क्रममा मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए । त्यस्तै मध्यपुरथिमि–२, सानोथिमिस्थित दिव्यश्वरी प्लानिङको हलेसी मार्टपछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा फेला परेका उदयपुर कटारी–९ का ३५ वर्षीय सुरज तामाङको उपचारका क्रममा मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिए । तामाङलाई उपचारका लागि नेपाल– कोरियामैत्री अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको उनले बताए ।

यसैगरी मध्यपुरथिमि–२, सानोथिमिस्थित एक घरमा डेरा गरी बस्ने उदयपुर गाईघाटका ४० वर्षीय गणेश मगरको पनि उपचारका क्रममा मृत्यु भएको छ । मगर शौचालयमा अचेत अवस्थामा फेला परेका थिए । शौचालयमा चुक्कुल लगाई अचेत अवस्थामा मगरलाई उनकै श्रीमतीले फेला पारी प्रहरीलाई खबर गरेकामा तत्कालै प्रहरी प्रभाग सानोथिमीको प्रहरी टोलीले मगरको उद्धार गरी अस्पताल लगिएको थियो । यस्तै सूर्यविनायक–९ नंखेल भाराली खोलामा पहिचान नखुलेको करिब ४४ वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ । गहुँगोरो, पाँच फिट उचाइ रहेको ती पुरूषले हरियो रङको नर्थफेस लेखेको ज्याकेट, हरियै ट्रयाक सुट र ऊनको टोपी लगाएको प्रहरीले बताएको छ । प्रहरीले चारवटै घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ५ : २६ बजे

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली