७ पुस २०८२, सोमबार | December 22, 2025

अचेत अवस्थामा फेला परेका दुईसहित चारको मृत्यु



भक्तपुर । भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भ-याङबाट लडेर एक जना मृतावस्थामा फेला परेका छन् । मध्यपुर थिमि नपा–२ सानोथिमिको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा फेला परेका दुई र सानोथिमिमै भ-याङबाट लडेर एक जनाको मृत्यु भएको हो । त्यस्तै सूर्यविनायक नगरपालिका–९ नंखेलमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सानोथिमीस्थित मगरगाँउमा ७८ वर्षीय शिवराम श्रीमालीको आफ्नै एकतले घरको भ-याङबाट अचानक लडेर मृत्यु भएको हो । लडेर घाइते भएका श्रीमालीलाई उपचारका लागि नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल थिमि लगिएकामा उपचारकै क्रममा मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए । त्यस्तै मध्यपुरथिमि–२, सानोथिमिस्थित दिव्यश्वरी प्लानिङको हलेसी मार्टपछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा फेला परेका उदयपुर कटारी–९ का ३५ वर्षीय सुरज तामाङको उपचारका क्रममा मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिए । तामाङलाई उपचारका लागि नेपाल– कोरियामैत्री अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको उनले बताए ।

यसैगरी मध्यपुरथिमि–२, सानोथिमिस्थित एक घरमा डेरा गरी बस्ने उदयपुर गाईघाटका ४० वर्षीय गणेश मगरको पनि उपचारका क्रममा मृत्यु भएको छ । मगर शौचालयमा अचेत अवस्थामा फेला परेका थिए । शौचालयमा चुक्कुल लगाई अचेत अवस्थामा मगरलाई उनकै श्रीमतीले फेला पारी प्रहरीलाई खबर गरेकामा तत्कालै प्रहरी प्रभाग सानोथिमीको प्रहरी टोलीले मगरको उद्धार गरी अस्पताल लगिएको थियो । यस्तै सूर्यविनायक–९ नंखेल भाराली खोलामा पहिचान नखुलेको करिब ४४ वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ । गहुँगोरो, पाँच फिट उचाइ रहेको ती पुरूषले हरियो रङको नर्थफेस लेखेको ज्याकेट, हरियै ट्रयाक सुट र ऊनको टोपी लगाएको प्रहरीले बताएको छ । प्रहरीले चारवटै घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ५ : २६ बजे

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार