१६ भदौ २०८३, मंगलबार | September 1, 2026

त्रिभुवनचोकमा राजाको सालिक राखिएको प्रति सत्तारुढ ४ दलको आपत्ति



नेपालगन्ज । नेपालगन्जको त्रिभुवनचोकमा राजा त्रिभुवनको शालीक राखिएकोप्रती कांग्रेस बाहेकका सत्तागठबन्धनका ४ दलले गम्भीर आपती जनाएका छन् ।

नेकपा माओवादी केन्द्र बाँके, नेकपा (एकीकृत) समाजवादी, राष्ट्रिय जनमोर्चा नेपाल, जनता समाजवादी पार्टीले प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सालिक स्थापना प्रति आपत्ति जनाएका हुन् ।

दलहरुले बुझाएको ज्ञापनपत्रमा विगतमा भएको सर्वदलवि सर्वपक्षिय, सहमती विपरीत एकलौटी ढंगले चुनावी फाइदाका लागी समुदायमा सम्प्रदायिक द्वन्द सिर्जना गर्ने उद्देश्यले जनआन्दोलनमा फालिएको पूर्व राजा त्रिभुवनको सालिक राखेको प्रति हामी सत्ता गठवन्धन दलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

यसअघि पनि राजाको सालिक राख्ने विषयमा विवाद उत्पन्न भएपछि नेपालगन्ज उपमहानगरपालिका प्रमुख धवल सम्सेर जबराको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले विवादित स्थानमा राष्ट्रिय झण्डा राख्ने सहमती भएको थियो । मधेशबादी दलहरुले सालिक राखिएको स्थानमा मधेस आन्दोलनमा २ जनाको ज्यान गएकाले मधेशी चोक राख्ने प्रस्ताव राखेपछि त्यस स्थानका विषयमा थप विवाद उत्पन्न भएको थियो ।

फागुन ७ गते प्रजातान्त्र दिवसका दिन उपमहानगर प्रमुख धवल सम्सेरकै नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले शालीक पुनर्स्थापना गरेको थियो । त्रिभुवन चौकमा तत्कालिन राजा त्रिभुवनको सालिक स्थापना हुनुपुर्व जुद्धसम्सेरको सालिक रहेको थियो ।

सत्ता गठबन्धनका ४ दलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएपनि सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने ज्ञापन पत्र बुझाउने कार्यमा संलग्न देखिएको छैन । सो स्थानमा सालिक स्थापना गरिएको प्रति सामाजिक सञ्जालमा कतिपय कांगैस कार्यकर्ताहरुले समर्थन जनाएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ४ : ०४ बजे

वेपत्ता नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्छ : मुख्यमन्त्री आचार्य

नवलपरासी पश्चिम । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा

भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा

दक्षिण कोरियाली उद्धार टोली धुञ्चेमा, आजदेखि खोज तथा उद्धार सुरु

रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज

प्रतिनिधिसभाको बैठक भोलि बस्ने, महाविपद्बारे छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (१७ भदौ) दिउँसो १ बजे

रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई के एल दुगड ग्रुपद्वारा खाद्य सामाग्री सहयोग

काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई