१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

उदयपुरमा तीन बालिका बलात्कृत



उदयपुर । उदयपुरमा तीन बालिका बलात्कृत भएका घटना सार्वजनिक भएका छन् । बलात्कारमा परेका तीन बालिकामध्ये दुई जना गर्भवती भइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आरोपित तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

बलात्कारमा परेकामध्ये दुई बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भवती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको होन । तीन वटै बालिका आफन्तबाट बलात्कारमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार झडकेली छोरीलाई सौतेनी बुवाबाट, काकाबाट भतिजिनीलाई र भेनाले सालीलाई बलात्कार गरेका हुन् । उदयपुरको बेलका नगरपालिकामा सौतेनी बाउबाट १४ वर्षीया झडकेली छोरीलाई बलात्कार गरेको उदयपुरगढी गाउँपालिकामा १६ वर्षीया बालिकालाई भेनाबाट र त्रियुगा नगरपालिकामा ११ वर्षीया बालिकालाई काकाबाट बलात्कार भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

एक बालिका चार महिना र अर्को बालिका सात महिनाको गर्भवती रहेको स्वास्थ्य परिक्षणबाट खुल्न आएको छ ।
चालु आर्थिक वर्ष भित्र २१ बलात्कारका घटना जिल्ला प्रहरी कार्यालय उदयपुरमा दर्ता भएका छन् ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ७ : २४ बजे

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध