२० मंसिर २०८२, शनिबार | December 6, 2025

एमसीसीबारे अमेरिकालाई चीनको व्यंग : अल्टिमेटम दिएर उपहार स्वीकार्न बाध्य पार्ने जबरजस्ती कुटनीति



काठमाडौं । नेपालमा एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्नेबीच राजनीतिक दलहरु र आम जनता नै विभाजित भएको अवस्थामा उत्तरी मित्रराष्ट् चीनले यसबारे पुनः मुख खोलेको छ ।

चिनियाँ विदेशमन्त्रालयका सहायकमन्त्री एवं प्रवक्ता हुवा छुनयिङले अमेरिकाले नेपाललाई ५०० मिलियन डरलको धम्कीपूर्ण उपहार दिन लागेको भन्दै व्यंग गरेकी छिन् नेपालस्थित अमेरिकी दूतावासले ५० करोड डलरको एमसीसी अनुदानलाई ‘नेपालीलाई अमेरिकी जनताको उपहार’ भनेको छ,’ तर सँगसँगै नेपाललाई त्यो स्वीकार्न अल्टिमेटम पनि दिएको छ । ‘उपहार कहिलेदेखि अल्टिमेटमसहित आउन थाल्यो ? जबरजस्ती कुटनीति !

यसअघि बुधबार दिउँसो विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा चाइना न्युज सर्भिसले नेपालसम्बन्धी सोधेको प्रश्नमा हुवाले नेपाललाई सो उपहार स्वीकार गर्न गाहो हुने जिकिर गरेकी थिइन ।

हुवाले कुनैपनि मुलुकको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गरिनुपर्ने जनाएकी थिइन । उनले अन्तर्राष्ट्रिय सहकार्य आपसी सम्मान र समानताको आधारमा हुनुपर्ने चीनको मत रहेको पनि बताएकी थिइन । उनले भनेकी थिइन, ‘सम्बन्धित मुलुकको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान हुनुपर्छ। सो मुलुकको आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुनुहुँदैन, कुनै राजनीति अंकुश गाँसिनु हुँदैन। जबरजस्तीको कूटनीति गर्नुहुँदैन ।

यसअघि गत फागनु ६ गते एमसीसी विवादबारे पहिलोपटक मुख खोल्दै चीनले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाएको थियो । विदेशमन्त्रालयका प्रवक्ता वाङ् वन पिनले अमेरिकाको धम्कीपूर्ण कुटनीतिको चीनले प्रतिवाद गर्ने जनाएका थिए ।

चीनको चेतावनी – नेपालमा अमेरिकाले सुरु गरेको ‘धम्की कुटनीति’को हामी प्रतिरोध गछौं

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ८ : ४३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले