७ पुस २०८२, सोमबार | December 22, 2025

आज प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीबारे छलफल प्रारम्भ हुँदै



काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामाथि छलफल हुने भएको छ ।

आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । आजको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने सम्भाविता कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

सचिवायलका प्रवक्ता रोजनाथ पाण्डेले जारी गरेको सम्भाविता कार्यसूचीमा एमसीसी सम्झौता छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने उल्लेख छ । फागुन ८ गते अर्थमन्त्री शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता संसद्मा टेबल गरेका थिए ।

प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । त्यसमा एमसीसी सम्झौतामाथि दफाबार छलफल गर्ने वा आजै निर्णयार्थ प्रस्तुत गर्ने भन्ने तय गरिने भएको छ ।

नेपाली कांग्रेसले आज बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ । कांग्रेस सचेतक पुष्पा भुसालले आफ्ना सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरिएको जानकारी दिइन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । बुधबार काठमाडौंमा बसेको लोसपा संसदीय दलको बैठकले संसद्‌मा टेबल भएको एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । लोपसपाका १३ सांसद छन् ।

नेकपा (एकीकृत समाजवादी)ले यसको विपक्षमा उभिने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनका नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा पनि यसको विपक्षमै देखिएका छन् । जनता समाजवादी पार्टी (जसपा) पनि यसलाई पारित गर्ने पक्षमै छ । प्रमुख प्रतिपक्ष नेकपा ९एमाले० भने यस विषयमा निर्णय गर्न सकेको छैन ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ७ : २८ बजे

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका