काठमाडौं । नेकपा माओवादी केन्द्रले गठबन्धनलाई जोगाउन अन्तिमसम्म प्रयत्न गर्ने जनाएको छ ।
अध्यक्ष प्रचण्ड निवास खुमलटारमा माओवादी शीर्ष नेताहरुको आज बसेको बैठकले सत्ता गठबन्धन जोाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ । तर, एमसीसीका विषयमा भने पार्टीको अडान कायमै राख्ने निर्णय पनि माओवादीले गरेको छ ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार अध्यक्ष प्रचण्डले बोलाएको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा पार्टीको पुर्ववत सैद्धान्तिक धारणामा रहि गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको छ ।



















प्रतिक्रिया