१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

महामारीबीच एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरे दुई लाख १३ हजारभन्दा बढीले आवतजावत



काठमाडौं । कोरोना महामारीबीच काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल [टीआइए]बाट गत जनवरी महिनामा २ लाख १३ हजार ४५५ जनाले आवतजावत गरेका छन् ।

अध्यागमन विभागका अनुसार टीआइएबाट आवतजावत गर्नेमध्ये ८९ हजार ४९९ जना नेपाल आउने र १ लाख २३ हजार ९५६ जना नेपालबाट बाहिरिने रहेका छन् ।

विभिन्न देशबाट नेपाल आउनेमा ७० हजार ३२६ जना पुरुष, १९ हजार १६२ जना महिला र पहिचान नखुलेका ११ जना रहेका छन् ।

सन् २०२२ जनवरीमा नेपाल छोड्नेमध्ये एक लाख ३५१ जना पुरुष, २३ हजार ५९४ जना महिला र पहिचान नखुलेका ११ जना रहेको विभागको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार गत जनवरीमा टिआइएबाट आवतजावत गर्नेमा विदेशको संख्या ३४ हजार ९५९ रहेको छ भने नेपालीको संख्या १ लाख ७८ हजार ४९६ रहेको छ ।

जनवरीमा बिभिन्न देशबाट ७२ हजार ५२४ जना नेपाली स्वदेश फर्केका थिए । सोही अवधिमा १ लाख ५ हजार ९७२ जना नेपाली देश छोडी विदेश गएको विभागले जनाएको छ ।

गत वर्ष सन् २०२१ मा कूल १५ लाख २१ हजार ४३४ जनाले टिआईबाट आवतजावत गरेका थिए । यसरी आवतजावत गर्नेमा नेपाल आउनेको संख्या ७ लाख ३८ हजार ५४ रहेको थियो भने नेपालबाट बाहिरिनेको संख्या ७ लाख ८३ हजार ३८० रहेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १० : २४ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,