१६ भदौ २०८३, मंगलबार | September 2, 2026

सत्ता गठबन्धनको बैठक बस्दै, पुरक प्रस्तावका साथ एमसीसी पास गर्ने तयारी



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्ने बैठकमा एमसीसी पास गर्ने विषयमा छलफल हुन लागेको छ ।

एमसीसमाथि उठाउँदै आएको विषयलाई पुरक प्रस्तावमार्फत व्याख्या गरेर अघि बढ्ने अनौपचारिक सहमति गठबन्धनका दलहरुबीच भएको थियो । यसलाई मूर्तरुप दिन अहिले गठबन्धनको बैठक बस्न लागेको हो ।

एमसीसीकै कारण सत्ता गठबन्धन भत्किने र सरकारबाट बाहिरिने अवस्था आएपछि माओवादी र एकीकृत समाजवादी एक कदम पछि हट्दै एमसीसी पास पनि हुने र गठबन्धन पनि नभत्किने र आफुहरुले उठाउँदै आएका माग पनि कुनै न कुनै रुपमा सम्बोधन हुने फेस सेभिङको खोजीमा थिए ।

एमसीसी पास गर्न कांग्रेसले गठबन्धन भत्काएरै भएपनि एमालेसँग सघन सम्वाद अघि बढाएपछि माओवादी अध्यक्ष प्रचण्डकै पहलमा अन्तिम प्रयास सुरु भएको थियो । त्यसलगत्तै नेताहरुबीचको निरन्तर सम्वाद्पछि एमसीसीमा चासो रहँदै आएका विषयलाई पुरक प्रस्तावमार्फत सम्बोधन गर्ने सहमति भएको थियो । नेताहरुबीच ११ बुँदे प्रस्ताव तयार भएको बताइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : ०८ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि