३ पुस २०८२, बिहिबार | December 18, 2025

सत्ता गठबन्धनको बैठक बस्दै, पुरक प्रस्तावका साथ एमसीसी पास गर्ने तयारी



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्ने बैठकमा एमसीसी पास गर्ने विषयमा छलफल हुन लागेको छ ।

एमसीसमाथि उठाउँदै आएको विषयलाई पुरक प्रस्तावमार्फत व्याख्या गरेर अघि बढ्ने अनौपचारिक सहमति गठबन्धनका दलहरुबीच भएको थियो । यसलाई मूर्तरुप दिन अहिले गठबन्धनको बैठक बस्न लागेको हो ।

एमसीसीकै कारण सत्ता गठबन्धन भत्किने र सरकारबाट बाहिरिने अवस्था आएपछि माओवादी र एकीकृत समाजवादी एक कदम पछि हट्दै एमसीसी पास पनि हुने र गठबन्धन पनि नभत्किने र आफुहरुले उठाउँदै आएका माग पनि कुनै न कुनै रुपमा सम्बोधन हुने फेस सेभिङको खोजीमा थिए ।

एमसीसी पास गर्न कांग्रेसले गठबन्धन भत्काएरै भएपनि एमालेसँग सघन सम्वाद अघि बढाएपछि माओवादी अध्यक्ष प्रचण्डकै पहलमा अन्तिम प्रयास सुरु भएको थियो । त्यसलगत्तै नेताहरुबीचको निरन्तर सम्वाद्पछि एमसीसीमा चासो रहँदै आएका विषयलाई पुरक प्रस्तावमार्फत सम्बोधन गर्ने सहमति भएको थियो । नेताहरुबीच ११ बुँदे प्रस्ताव तयार भएको बताइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : ०८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका