काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसी विवादबारे व्याख्यात्मक टिप्पणीसहितको सहमति खोज्ने निर्णय गरेको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले एमसीसीमा आफुहरुले उठाउँदै आएका प्रश्नलाई व्याख्यात्मक टिप्पणी गर्ने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष प्रचण्डले संविधान र गठबन्धन जोगाउनका लागि एमसीसीमा बीचको बाटो खोज्नुपर्ने बताएका थिए । ‘संविधान र प्रणालीलाई जोगाउन आइसोलेशनमा मात्रै बसेर नहुने बताउँदै उनले गठबन्धन जोगाउने उपाय खोज्नुपर्ने र सबैलाई विरोधी बनाउन नहुने धारणा राखेका थिए ।
तर प्रचण्डको प्रस्तावलाई नारायणकाजि श्रेष्ठ, देव गुरुङ, लिलामणि पोखरेल र गिरिराजमणि पोखरेलले अस्वीकार गरेका थिए ।
अब केही बेरमा बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्न लागेको छ ।



















प्रतिक्रिया