४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमसीसी सम्झौता स्थगन गरेर नयाँ ढंगबाट अघि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले एमसीसी सम्झौतालाई स्थगन गरेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा आइतबारबाट सुरू भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले राष्ट्रिय सहमति कायम गरेर एमसीसी सम्झौताको विषय टुंग्याउनुपर्ने बताए ।

सदनमा एमसीसी सम्झौताको बुँदा बुँदामा छलफल गर्नुपर्ने वातावरण बनाउनुपर्ने जोड दिँदै उनले सदनमा भइरहेको अवरोध पनि अन्त्य गर्नुपर्ने बताए ।

एमसीसी सम्झौताका विषयमा जनतामा भएका त्रास र आशंकालाई मेटाउनु पर्ने र जनतालाई भ्रममा पारेर अनुमोदन गर्न नहुने अध्यक्ष लिङ्देनको भनाइ छ ।

वैदेशिक सम्बन्धलाई सत्ताको भर्‍याङ बनाउन नहुने भन्दै उनले वैदेशिक सहयोगलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ४ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको