१६ भदौ २०८३, मंगलबार | September 2, 2026

एमसीसीमाथिको सैद्धान्तिक छलफल बहुमतले पारित



काठमाडौं । सरकारले प्रतिनिधिसभामा पेस गरेको एमसीसी सम्झौताको सैद्धान्तिक छलफल सकिएको छ । एमसीसीको छलफल सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएसँगै सम्झौतामाथिको सैद्धान्तिक छलफल सकिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथिको सैद्धान्तिक छलफलका लागि बैठकमा प्रस्तुत गरेका थिए ।

त्यस लगत्तै विभिन्‍न दलका सांसदहरूले एमसीसी परियोजनामाथि आफ्नो धारणा राखेका थिए । छलफलमा सांसदहरूले राखेका धारणाको अर्थमन्त्री शर्माले जवाफ दिएपछि सभामुख सापकोटाले सामान्य छलफलको प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई ध्वनि मतले पारित गरिएको छ ।

सभामुख सापकोटाले आइतबारै साँझ साढे ६ बजेको अर्को बैठक आह्वान गरेका छन् ।

फागुन ८ गते बसेको संसद् बैठकबाट एमसीसी परियोजना अनुमोदनका लागि टेबल भएको थियो । एमसीसीलाई आजै सरकारले अनुमोदन गर्ने तयारी गरेको छ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : ०१ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि