२५ असार २०८३, बिहिबार | July 9, 2026

एमसीसीमा अब थप राजनीति नहोस् : विवेकशील साझा



काठमाडौं । विवेकशील साझा पार्टीले ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा थप राजनीति नगर्न सबैलाई आग्रह गरेको छ ।

‘एमसीसी कम्प्याक्ट सम्झौतालाई अत्यन्त गिजोलेर चरम सत्ता दाउपेचको विषय बनाउँदै अन्ततः कुनै संवैधानिक तथा कानुनी हैसियत नहुने व्याख्यात्मक टिप्पणीको लेपन लगाएर अनुमोदन गरिएबाट नेपाली राजनीति कति रसातलमा बहिरहेको छ भन्ने प्रस्ट भएको छ,’ विवेकशील साझाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमसीसी निहित राजनीतिक स्वार्थहरुका कारण प्रतिनिधिसभाबाट पारित भएको आरोप विवेकशील साझाले लगाएको छ ।

‘विगतमा बारम्बार जसरी राष्ट्र हितलाई मध्यनजर राखेर होइन, निहित राजनीतिक स्वार्थहरूका कारण कयौँ गम्भीर निर्णयहरू लिइएका छन्, त्यसै गरी, एमसीसी पनि निहित राजनीतिक स्वार्थहरूका कारण नै पारित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संसद्मा देशको हितबारेको बहस गौण हुनु र सत्ता समीकरण प्रधान हुनु अत्यन्तै चिन्ता र खेदजनक विषय हो ।’

सत्ता गठबन्धन र प्रतिपक्षी दलले एमसीसीका सम्बन्धमा अपरिपक्व र गैह्र जिम्मेवारीपूर्ण शैली प्रदर्शन गरेको विवेकशील साझाले जनाएको छ ।
सत्ता गठबन्धन र प्रतिपक्षी दलको उत्ताउलो रवैयाका कारण चीन र अमेरिकाको अस्वाभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुगेको समेत विज्ञप्तिमा जनाइएको छ ।

‘तर अबका दिनहरूमा एमसीसीमाथि थप राजनीति गर्नु भनेको बढ्दो रूपमा संवेदनशील बन्दै गएको नेपालको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु हो । त्यस्तो काम अब कसैबाट पनि हुनु हुँदैन,’ विवेकशील साझाले भनेको छ ।

एमसीसी सम्झौतामाथि हालैका वर्षमा जे जति बहस र राजनीति भए त्यसले भविष्यमा विदेशी ऋण–अनुदान लिनु र सन्धि–सम्झौता हुनु पूर्व गरिनु पर्ने गृहकार्य र देखाउनु पर्ने सुझबुझलाई निर्देशित गर्न सके त्यो देशका लागि फलदायी हुने बुझाई विवेकशील साझाको छ।

विज्ञप्तिमा विवेकशील साझा पार्टीले आम रूपमा उठेका प्रश्नहरूको सम्बोधनसहित आवश्यक संशोधनबिना एमसीसी सम्झौता यथारूपमा पारित गरिनुहुन्न भन्ने मान्यता विगतमा पटक पटक स्पष्ट रूपमा राख्दै आएको पुनः स्मरण गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १२ : ५३ बजे

महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सवारीसाधन दुर्घटनामा मृत्यु

सुनसरी । कोशी गाउँपालिका-८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन

‘बालेनको पुलिस होइन’ भन्ने डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए

धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइनौं’ भन्ने

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर