१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

बाँकेको खजुरामा स्थापना हुने भनिएको प्रदेश विश्वबिद्यालय अन्यत्र लगिँदै



बुटवल । लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्ने घोषणा गरेको प्रदेश विश्व बिद्यालय खजुराबाट अन्यत्र सार्ने तयारी अगाडी बढाएको छ । बाँकेको खजुरामा स्थापना गर्ने गरि पूर्ववर्ती सरकारका शिक्षा मन्त्री सुदर्शन बरालले स्थलगत अवलोकन र मन्त्रिपरिषदले निर्णय समेत गरिसकेको अवस्थामा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले खजुराबाट अन्यत्र सार्ने तयारी गरिएको खुलासा गरेका छन् ।

प्रदेश योजना आयोगले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न सोमबार बुटवलमा आयोजित पक्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष क्षेत्रीले खजुरामा विश्वबिद्यालय राख्न अनुपयुक्त देखिएकाले दाङको बंगलाचुली वा कपिलवस्तुको बहादुरगन्जमा राख्ने गरि तयारी गरिएको खुलासा गरे । उनले नयाँ करिकुलम र सोँचकासाथ विश्वबिद्यालय संचालन गर्ने प्रदेश सरकारले योजना बनाइरहेको भन्दै विश्वबिद्यालय ऐन र नियमावली बनिसकेको जानकारी दिए ।

पूर्ववर्ती सरकारले आफ्नो नीति तथा कार्यक्रम मार्फत नै बाँकेको खजुरामा प्रदेश विश्व बिद्यालय स्थापना गर्ने घोषणा गर्दै बजेट बिनियोजन समेत गरेको थियो । पहिलो वर्ष ३ करोड र पछिल्लो वर्ष ७ करोड बजेट बिनियोजन गरिएपनि विश्वबिद्यालय ऐनको अभावमा सो बजेट फ्रिज भएको थियो । चालु आर्थिक वर्षमा पनि प्रदेश विश्व बिद्यालयका लागि १० करोड बजेट छुट्याइएको छ ।

विश्वबिद्यालय स्थापनका लागि स्थानीय गाँउपालिकाबाट १०० बिगाहा जग्गा कित्ताकाट गरि विश्वबिद्यालयका लागि सिफारिस गरिसकेको अवस्थामा विश्व बिद्यालय अन्यत्र सारिए आन्दोलनको आधिवेरि सिर्जना गरिने खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले चेतावनी दिए । जग्गा हस्तान्तरणका लागि गाँउसभाबाट समेत अनुमोदन भइसकेको र सरकारले पूर्वाधारको सम्भाब्यता अध्ययन गरिसकेको स्थानलाई अनुपयुक्त भनिनु गलत भएको उनले बताए ।

प्रदेशसभाबाट पास भएको सरकारको कार्यक्रममा खजुरामा प्रदेश विश्व बिद्यालय स्थापना गर्ने घोषणालाई योजना आयोगले परिवर्तन गर्न नमिल्ने बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसी(नमुना)ले बताइन् ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ५ : ०५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a

चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी पौडेललाई पठाए समवेदना सन्देश

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमा क्षेत्रको ग्यिरोङ–रसुवा