बुटवल । युक्रेन-रुस द्वन्द्व चर्किएसँगै नेपालमा पेट्रोलियम पदार्थको सामान्य अभाव देखिएको पेट्रोलियम डिर एशोसियसनले संकेत गरेको छ । युद्ध चर्किएसँगै नेपाल आयल निगमले डिलरहरुलाई दिइरहेको कोटा घटाएको एशोसियसनले जनाएको छ ।
लुम्बिनी प्रदेशमा रहेको भलबारी डिपो र नेपालगन्ज डिपोले साबिक भन्दा घटाएर डिलरलाई तेल दिएपछि पेट्रालियम पदार्थमा सामान्य अभाव देखिन थालेको हो । डिलर एशोसियसनका लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानले साविकको भन्दा घटाएर डिलरहरुलाई पेट्रोलियम पदार्थ दिइएको बताए । आयल निगमले दिनहुँ घाटामा रहेको विज्ञप्ति निकाल्ने र कुनैपनि बेला पुनः मुल्य बढ्न सक्ने हल्ला मच्चाएपछि उपभोक्ताले अनावश्यक भण्डारण गर्ने गरेका कारण पनि अभाव जस्तो देखिएको न्यौपानेले बताए ।
लुम्बिनी प्रदेशमा प्रतिदिन डिजेल १४ लाख लिटर र पेट्रोल ४ लाख लिटर खपट हुँदै आएको छ । बुधबार भने निगमले पेट्रोलमा २५ हजार लिटर र डिजलमा २ लाख लिटर घटाएर उपलब्ध गराएको संयोजक न्यौपानेले बताए ।
पेट्रोलियम पदार्थको अवस्थाको बारेमा जानकारी लिन निगमका लुम्बिनी प्रदेश प्रमुख नवबिनोद पोखरेललाई फोन गर्दा उनले मोबाइल उठाएनन् ।



















प्रतिक्रिया