४ पुस २०८२, शुक्रबार | December 19, 2025

उत्तर कोरियाले गर्‍यो फेरि मिसाल प्रहार



एजेन्सी । उत्तर कोरियाले फेरि एउटा संदिग्ध व्यालिस्टिक मिसाइल प्रहार गरेको छ ।

उत्तर कोरियाले प्रहार गरेको मिसाईल कोरियाली प्रायद्धीपको पूर्वमा पर्ने एउटा समुद्रमा खसेको सो क्षेत्रका सेनाहरुले जनाएका छन् ।

शनिवार गरिएको प्रहार उत्तर कोरियाको नवौं मिसाइल प्रहार हो । दक्षिण कोरियामा राष्ट्रपति निर्वाचन हुन केही दिनअघि मात्र उत्तरले मिसाइल परीक्षण गरेको छ ।

शनिवार गरिएको परीक्षण व्यालिस्टिक मिसाइल हुन सक्ने दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ र जापानका प्रधानमन्त्रीको कार्यालयले जनाएका छन् ।

शनिबारको मिसाइल प्रहार प्योङयाङको अन्तर्राष्ट्रिय विमानस्थल रहेको क्षेत्र सुनानबाट भएको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

युक्रेनमाथि रुसी हमलाका कारण अन्तर्राष्ट्रिय समाजको ध्यान त्यतातर्फ केन्द्रित रहेको बेला उत्तर कोरियाले मिसाइल प्रहार गरेको जापानका रक्षामन्त्री नोबुओ किशिले बताएका छन् । सो मिसाइल ५५० किलोमिटरको उचाइमा पुगेर ३०० किलोमिटर दूरी पार गरेको जापानले जनाएको छ ।

उत्तरले गरेको प्रहारबारे छलफल गर्न दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ । उत्तरको पछिल्लो मिसाइल प्रहारबारे अमेरिकी सरकार र सेनाले कुनै टिप्पणी गरिसकेको छैन् । उत्तर कोरियाको पछिल्लो परीक्षण यो वर्षको दुई महिनामा गरिएको नवौं हतियार परीक्षण हो ।

उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ । तर, प्रतिबन्धको बेवास्ता गर्दै उत्तरले बारम्बार क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।

उत्तरको आणविक हतियार अन्त्य गर्ने विषयमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड्र ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएका वार्ता विना निस्कर्ष टुंगिएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  १ : ४९ बजे

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१

अर्थमन्त्री खनालबाट जेनजी आन्दोलनबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको स्थलगत अवलोकन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि