१७ भदौ २०८३, बुधबार | September 2, 2026

अर्ली इलेक्सनको सम्भावना नै छैन : नेता पुन



काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वर्षमान पुनले ‘अर्ली इलेक्सन’को सम्भावना नभएको बताएका छन् । आगामी वैशाखमा स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ सम्भावना नै रहेको उनले बताए ।

संसद भवनबाट आइतबार बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘स्थानीय निर्वाचन वैशाखमा हुने भएपछि अब कार्तिक वा मंसिर नभइ प्रतिनिधिसभाको निर्वाचन सम्भावना छैन । कानुनी रुपले, अभ्यासका हिसाबले, परम्परागत रुपमा पनि मंसिरपछि पाँच वर्ष पूरा भइसक्ने हुँदा यसपछि पनि निर्वाचन गर्न मिल्दैन । साथै, हाम्रो देशको भौगोलिक अवस्था, मौसम आदिले पनि दुई सिजनभन्दा बाहेक निर्वाचन गर्न सक्दैनौँ । अब अर्ली भन्दैमा भदौ असोजअघि निर्वाचनको सम्भावना छैन ।’

उनले ५-६ महिनादेखि संसद अनिर्णयको अवस्थामा रहने र चल्न नसकेकाे अवस्थामा जनताका विषयमाथि नै छलफल गर्न नसक्ने भएकाले पार्टी नेतृत्वले यस्तो सोचेको हुनसक्ने बताए । सो क्रममा उनले अब स्थानीय निर्वाचन सार्ने सम्भावना पनि नभएको नभएको बताए । कानुनी रुपले र संवैधानिक रुपले पनि वैशाख महिना नै निकै ‘टाइट’ रहेको उनले बताए ।

 

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ३ : १८ बजे

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

काठमाडौं । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग

काठमाडौं । संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सबाट भोटेकोशी

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२र८३

भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व सङ्कलन

भोजपुर । जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु