५ पुस २०८२, शनिबार | December 20, 2025

अर्ली इलेक्सनको सम्भावना नै छैन : नेता पुन



काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वर्षमान पुनले ‘अर्ली इलेक्सन’को सम्भावना नभएको बताएका छन् । आगामी वैशाखमा स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ सम्भावना नै रहेको उनले बताए ।

संसद भवनबाट आइतबार बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘स्थानीय निर्वाचन वैशाखमा हुने भएपछि अब कार्तिक वा मंसिर नभइ प्रतिनिधिसभाको निर्वाचन सम्भावना छैन । कानुनी रुपले, अभ्यासका हिसाबले, परम्परागत रुपमा पनि मंसिरपछि पाँच वर्ष पूरा भइसक्ने हुँदा यसपछि पनि निर्वाचन गर्न मिल्दैन । साथै, हाम्रो देशको भौगोलिक अवस्था, मौसम आदिले पनि दुई सिजनभन्दा बाहेक निर्वाचन गर्न सक्दैनौँ । अब अर्ली भन्दैमा भदौ असोजअघि निर्वाचनको सम्भावना छैन ।’

उनले ५-६ महिनादेखि संसद अनिर्णयको अवस्थामा रहने र चल्न नसकेकाे अवस्थामा जनताका विषयमाथि नै छलफल गर्न नसक्ने भएकाले पार्टी नेतृत्वले यस्तो सोचेको हुनसक्ने बताए । सो क्रममा उनले अब स्थानीय निर्वाचन सार्ने सम्भावना पनि नभएको नभएको बताए । कानुनी रुपले र संवैधानिक रुपले पनि वैशाख महिना नै निकै ‘टाइट’ रहेको उनले बताए ।

 

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ३ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको