५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

बाँकेबाट विश्वविद्यालय सार्न नदिन प्रदेशसभा सदस्यको संयोजकत्वमा संघर्ष समिति गठन



नेपालगन्ज । बाँकेको खजुरामा स्थापना गरिने भनिएको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र सार्ने षडयन्त्र भएको भन्दै बाँकेमा सर्व पक्षिय संघर्ष समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेको अगुवाईमा आज गरिएको सर्वदलिय र सर्वपक्षिय भेलाले बाँकेका प्रदेशसभा सदस्य एवं पूर्व कृषिमन्त्री आरती पौडेलको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको हो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले खजुरालाई अनुपयुक्त भन्दै विश्वविद्यालय अन्यत्र सार्ने तयारी भएको बताएसँगै बाँके र बर्दियामा आन्दोलनको तयारी गरिएको हो । संघर्ष समितिमा बाँकेका सम्पूर्ण संघीय र प्रदेशमा सांसदहरु, ८ वटै स्थानीयपालिकाका प्रमुखहरु, बाँकेमा क्रियाशिल संघ, संस्था तथा अधिकारकर्मीका प्रतिनिधिहरुलाई समेटिएको खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । बाँके र बर्दियाका प्रदेशसभा सदस्यहरुको नेतृत्वमा छिट्टै अस्थायी मुकाम बुटवल पुगेर मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापन पत्र बुझाउने भेलाले निर्णय गरेको कक्षपतिले जानकारी दिए ।

उता नेकपा माओवादी केन्द्रका बाँके अध्यक्ष आईपी खरेलले विश्वविद्यालयको मुख्यालय खजुराको रनियापुरबाट कुनैहालतमा लैजान नदिइने बताएका छन् । उनले कसैको लहडमा र आवेगमा प्रदेशसभाबाट पास भएको विश्वविद्यालय सम्बन्धि निर्णय परिवर्तन हुन नसक्ने बताउँदै खरेलले अनाधिकृतरुपमा प्रदेश योजना आयोगका उपाध्यक्षले हल्ला मच्चाएको आरोप लगाए । खरेलले स्थानीय गाँउपालिकाले एक्लै श्रेय लिने नियतका साथ जग्गा प्राप्ती र विश्वविद्यालय स्थपनाको प्रगति लुकाएका कारण विश्वविद्यालय प्रकरणको सृजना भएको समेत आरोप लगाए ।

उपाध्यक्ष क्षेत्रीले पत्रकार सम्मेलनमा खजुरा विश्वविद्यालयका लागि अनुपयुक्त भएको भन्दै दाङको बङ्गलाचुली, दाङकै बेलझुण्डी वा कपिलवस्तुको बहादुरगन्जमा विश्वविद्यालय स्थापना गर्न जग्गाको व्यवस्था हुँदै गरेको बताएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : २३ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन