४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

पश्चिम नेपालले दियो मृतक व्यावसायका परिवारलाई १५ लाख



पश्चिम नेपालले दियो मृतक व्यावसायका परिवारलाई १५ ला
बुटवल । पश्चिम नेपाल बस व्यावसाय प्रालिले दुर्घटनाबाट मृत्यु भएका चालकका आश्रित परिवारलाई १५ लाख रुपैया रकम हस्तान्तरण गरेको छ ।

प्रालिले गएको मंसिर १५ गते कास्कीको अन्नपुर्ण गाउपालिका काहुलेमा दुर्घटनामा परि मृत्यु भएका बस चालक भुपराज खनालकी श्रीमती माया खनाललाई सोमवार आयोजित एक कार्यक्रममा हस्तान्तरण गरेको हो ।

माया खनाललाई १५ लाख रुपैयाको चेक हस्तान्तरण गर्दै प्रालिका अध्यक्ष दधिराम खरेलले प्रालिले प्रालिमा आवद्ध मजदुर र व्यावसायको निधन पछि पनि आश्रित परिवारमा जिविको पार्जनमा समस्या नआओस भन्ने उदेश्यले बिमा कम्पनी र प्रालिको आन्तरीक श्रोतवाट रकम उपलब्ध गराउदै आएको बताए ।

प्रालिका कोषाध्यक्ष मोहन पिएसका अनुसार खनालका आश्रित परिवारलाई १० लाख दुर्घटना बिमा बापतको रकम र ५ लाख मजदुर बिमा बापतको रकम हस्तन्तरण गरिएको हो ।

लु१ ख ७७६६ नम्वरको यात्रुवाहक बसका चालक भुपनाथ खनालको गएको मंसिर १४ गते भैरहवाबाट बाग्लुङ जादै गर्दा पोखरा पर्वत सडक खण्डको काहुलेमा दुर्घटनामा ज्यान गएको थियो ।

दुर्घटनामा परेर क्षतबिक्षत उक्त बस मर्मतका लागि लागि समेत प्रालिले यसअघि खनाल परिवारलाई चारलाख रुपैया राहत स्वरुप उपलब्ध गराएको कोषाध्यक्ष पिएसले बताए ।

प्रालिले प्रालिमा आवद्ध भएका व्यावसायको अवधी २ बर्ष पुरा भएको अवस्थामा थप २ लाख रुपैया गरि १७ लाख रुपैया रकम उपलब्ध गराउदै आएको छ । प्रालिले यस अघि प्रालि आवद्ध ३० जना भन्दा बढी स्वरोजगार मजदुर तथा ब्यवसायीका आश्रित परिवारलाई रकम हस्तान्तरण गरि सकेको कोषाध्यक्ष पिएसले बताए ।

नेपालको सबैभन्दा धेरै सार्वजनिक यात्रुवाहक साधनका व्यावसाय आवद्ध भएको प्रालिमा हाल सम्म २४ सय हाराहारी ब्यवसायी रहेका छन् । प्रालिका अनुसार आवद्ध ब्यवसायी सदस्य मध्ये १२ सय भन्दा बढी ब्यवसायी आफै चालक वा परिचालकका रुपमा कार्यरत रहेका छन् ।

प्रालिका प्रवन्धक रामचन्द्र भुसालका अनुसार एक बिस्थापित र एक स्थापितको रणनिती अन्तरगत पुराना र थोत्रा गाडी बिस्थापन गरेको उक्त कम्पनीमा ३ सय एसी बस छन भने १५० डिलक्स बस छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ३ : ५९ बजे

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ