१७ भदौ २०८३, बुधबार | September 2, 2026

गण्डकीका मुख्यमन्त्री भन्छन् – गठबन्धन गरेरै चुनावमा जानुपर्छ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपाली पोखरेलले अहिलेको गठमुख्यमन्त्री-कृष्ष्णचन्द्रबन्धन कायम गरेरै निर्वाचनमा जानुपर्ने बताएका छन् ।

राजनीतिमा देखिएको कालो बादल हटाउन र यसको स्थायित्वका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनको तर्क छ ।

तनहुँस्थित व्यास नगरपालिकाले आयोजना गरेको अल्ट्रा म्याराथनलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुन्छ । अन्यथा अझै धेरै प्रतिगमनहरु हुन सक्छन् ।’

अहिलेसम्म गठबन्धनको संस्कार नभएकोले केही असहज जस्तो लागेपनि यस्ता घटना पहिलेपनि भएको उनले सुनाए ।

‘हामीमा गठनबन्धन संस्कृति नभएका कारण असजिलो लागेको हो । अहिले नै हेर्नु न सबैतिर गठबन्धनकै सरकार त छ नि,’ उनी भन्छन्, ‘विशेष परिस्थितिमा देश र संविधानको रक्षाका लागि देशभित्रका सबै शक्ति मिल्नुपर्छ । राष्ट्रिय सभाको चुनावमा हामीले त्यो अभ्यास गरिसकेका छौं । आगामी चुनावमा पनि मिलेरै जानुपर्ने हुन्छ ।’

यसअघिको निर्वाचनमा कांग्रेसले तत्कालीन नयाँ शक्तिसँग गठबन्धन गरेको थियो भने एमालेको नेतृत्वमा माओवादी र अन्य कम्युनिष्ट पार्टीहरुको बाम गठबन्धन थियो ।

तर संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयले गठबन्धन मात्रै होईन, एमाले नै विभाजित भयो । त्यसपछि एमाले बाहेकको गबठन्धनको नेतृत्व कांग्रेसले गरेको छ । गण्डकीमा नेपालीकै नेतृत्वमा जेठ २९ गते नयाँ सरकार बनेको हो ।

कम्युनिष्टहरुले देशमा समस्याको निकास दिन नसक्ने भएकोले त्यसको नेतृत्व अव कांग्रेसले गर्ने पोखरेलको दावी छ । गठबन्धन सरकार मिलेरै चुनावसम्म जाने र ३ वटै निर्वाचनमा वियजी हुने उनको भनाई छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ५९ बजे

प्रहरीले मृतक प्रहरीका परिवारलाई तत्कालै १० लाख दिने, प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने

काठमाडौं । गते रसुवा भोटेकोशी/त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको

भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुग्यो

काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार

रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका

तिब्बततर्फ बाढीमा परी २१ जनाको मृत्यु, ५४१ बेपत्ता भएको पुष्टि

काठमाडौँ । गत भदौ १० गते आएको प्रलयकारी बाढीमा परी

काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौँ । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन