१७ भदौ २०८३, बुधबार | September 3, 2026

पार्टी एकता गरिएपछि फेला परेको ‘भिलेन’सँग लड्नुपर्‍यो : प्रचण्ड



धनगढी । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको प्रस्टीकरण दिएका छन् ।

धनगढीमा सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको भए पनि ‘भिलेन’ फेला पर्दा विभाजित हुनुपरेको बताए ।

‘गठबन्धन गरेर पार्टी एकता गरौँ । पार्टी एकता गर्नु गलत थिएन’, प्रचण्डले भने, ‘तर, भिलेन फेला पर्‍यो । भिलेनसँग लड्दालड्दै विभाजित हुनुपर्‍यो ।’

एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र भएको आरोप लगाएका उनले माओवादीबाट आएका नेताहरूमाथि विभिन्न आरोप लगाएको बताए ।

‘पार्टी एकता गरेपछि हामीमाथि षड्यन्त्र हुनथाल्यो । माओवादीबाट आएका नेतालाई आरोपित गरियो,’ प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने ।

कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी तीन दर्जनबढी जिल्ला नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रचण्डले टीका लगाएर नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका छन्। पार्टी प्रवेश गर्नेहरुमा स्थानीय तहका निर्वाचित उपाध्यक्षदेखि पार्टी जिल्ला नेताहरु रहेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ३ : ५७ बजे

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौँ । यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

प्रहरीले मृतक प्रहरीका परिवारलाई तत्कालै १० लाख दिने, प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने

काठमाडौं । गते रसुवा भोटेकोशी/त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको

भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुग्यो

काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार

रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका