२५ असार २०८३, बिहिबार | July 9, 2026

नेपालमा कम्युनिष्टहरुले एमसीसी सही छ भन्ने थाहा पाएरपनि जनतामा भ्रम छरेको गगन थापाको आरोप



कोहलपुर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमसीसीका विषयमा कम्युनिष्टले जनतामा धेरै भ्रम सिर्जना गरेको बताएका छन् । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा सोमबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले एमसीसी नेपालका लागि सामान्य परियोजना मात्रै भएको बताए ।

उनले एमसीसीका कारण जनताले कुन पार्टी कस्तो भनेर चिन्ने मौका पाएको बताउँदै एमसीसी सहयोगको लागि प्रक्रिया अघि बढाउनेदेखि सम्झौता लेख्ने नै कम्युनिष्ट नेता भएको बताए । ‘उनीहरुलाई एमसीसी सही हो भन्ने थाहा छ,’ उनले भने, ‘तर भय र भ्रम बेचेर कम्युनिष्ट नेताहरु फेरि पनि उत्तेजना किन्ने बाटोमा लागेर झुठको खेती गरिरहेकाछन् ।’

एमसीसीले बिद्युतमा लगानी गरेर नेपाललाई आर्थिक रुपले समृद्ध बनाउने मात्रै उद्देश्य रहेको बताउँदै उनले यस्ता खालका परियोजना नेपालमा विगतमा पनि धेरै सञ्चालन भएको बताए । उनले एमसीसीलाई मेलम्ची खानेपानी आयोजनासँग तुलना गर्दै एमसीसी पनि सोही प्रकारको परियोजना भएको दाबी गरे ।

कम्युनिष्टहरुले एमसीसीका विषयमा सिर्जना गरेको भ्रम गाउँ–गाउँसम्म पुगेकाले त्यसलाई काँग्रेसले नै चिर्न जरुरी रहेको पनि महामन्त्री थापाले स्पष्ट पारे । महामन्त्री थापाले भने–‘नेपालको हितमा रहेको एमसीसीका पक्षमा काँग्रेस प्रतिपक्षमा रहँदा पनि थियो आज सत्तामा रहँदा पनि पक्षमै रह्यो, हामी सत्यको पक्षमा हुन्छौं, स्वाभिमान र राष्ट्रियताका सवालमा भने हामी कुनै सम्झौता गर्दैनौं ।’

उनले अबको पाँच वर्षका लागि देश बनाउने जिम्मा काँग्रेसलाई दिनुपर्ने बताए । ‘कम्युनिष्टहरुले पाँच वर्ष शासन गरेको हामीले हेरिसक्यौं, यदी देश बनाउने हो भने नेपाली जनताले पाँच वर्षका लागि काँग्रेसलाई जिम्मेवारी दिनुपर्छ ।’ उनले भने । काँग्रेसले अबको पाँच वर्षमा देशमा परिवर्तन ल्याउने थापाले दाबी गरे ।

उनले निर्वाचनमा काँग्रेस एक्लै भिड्नुपर्ने आम कार्यकर्ताको भावना रहेको बताउँदै पार्टी भित्र त्यस सम्बन्धमा बहस चलिरहेको जनाए । उनले पार्टीभित्र उच्चस्तरीय एकता चाहिएको भन्दै उनले जोश र जाँगरका साथ पार्टीले सञ्चालन गरेको चुनावी अभियानमा होमिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले चुनावी गठबन्धन आफूले पनि नचाहेको थापाको भनाई छ ।

सभालाई सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्यहरु दीपक गिरी, सञ्जय गौतम, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन लगायतले पार्टीलाई एकताबद्ध बनाएर लान नेताहरुलाई सुझाव दिएका थिए ।

महामन्त्री थापाले सोमबार नै नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर– १, प्रदेश –१ ‘ख’ र कोहलपुर नगर कार्यालयको उद्घाटन गरेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ११ : ०३ बजे

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’