१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

बाँके खजुराको विश्वविद्यालय अन्यत्र नसार्न आग्रह गर्न आएका पूर्वमन्त्रीको टोलिलाई मुख्यमन्त्रीले भेट समेत दिएनन्



बुटवल । बाँकेमा स्थापना गर्ने भनिएको विश्वविद्यालय अन्यत्र सार्न थालेको सुनेर गुनासो गर्न आएका प्रदेशका पूर्वमन्त्री सहितको टोलिलाई समय दिएर पनि भेट नगरेर लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी अन्तै ताप कसेका छन् । मख्यमन्त्री केसीले प्रदेश सरकारका पूर्व कृषिमन्त्री आरती पौडेलसहितका टोलिलाई आफ्नै मन्त्रालयमा समय दिएर आफु कपिलवस्तुको राजापानी रिसार्ट तर्फ हानिएका छन् ।

लुम्बिनी प्रदेशसभाबाट समेत अनुमोदन गरि सरकारको नीति कार्यक्रम बनेको प्रदेश विश्वविद्यालय बाँकेको खजुरामा स्थापना गर्ने निर्णयबाट पछि हट्दै खजुराबाट अन्यत्र सार्न थालिएको भन्दै ध्यानाकर्षण पत्रसहित बाँकेबाट बुटवल आएका समूहलाई आज १२ बजे अघिको समय दिएको पूर्वमन्त्री पौडेलले बताईन् । ‘मन्त्रालयमा निकै बेर कुरियो, मुख्यमन्त्री ज्यु आउनु होला भनेको त उहाँ अन्तै जानु भएछ ।’ पत्रकारहरुसँग गुनासो गर्दै पौडेलले भनिन् ।

रुपन्देहीकै होटल ड्रिमल्याण्डको एक कार्यक्रममा रहेका मुख्यमन्त्री केसी पूर्वमन्त्री पौडेल बुटवलमै अवस्थित आफ्नो कार्यालयमा पर्खिरहेको जानकारी हुँदाहुँदै पनि वास्ता नगरी कपिलवस्तु लागेका हुन् । मुख्यमन्त्रीलाई सोमबार नै टेलिफोन मार्फत समय माग गरेर भेट्ने सहमति गरे पछि उनी बाँके जिल्ला समन्वय समितिको संयोजक अजय श्रीवास्तव, खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कक्षपति, शिक्षाविद कविन्द्र भट्टराई सहितको टोलि लिएर बुटवल पुगेकी थिइन् ।

मुख्यमन्त्री केसीले समय नदिएपछि टोलिले पत्रकारहरुसँग भेटघाट गर्दै समय लिएर आउँदा पनि नभेटेर गएर आफुहरुलाई दुखी बनाएको गुनासो गरे ।

पूर्ववर्ति सरकारको नीति तथा कार्यक्रममा परेको प्रदेश विश्वविद्यालय खजुरामा स्थापना गर्ने निर्णय गरेको थियो । पूर्ववर्ति सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रस्तावमा विश्वविद्यालय खजुरामा स्थापना गर्ने निर्णय सरकारको नीति तथा कार्यक्रममा समावेश भएर रातो कितावमा समेत प्रकाशित भएको अवस्थामा वर्तमान मुख्यमन्त्री र योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीको योजनामा विश्वविद्यालयको स्थान परिवर्तन गर्न खोजिएको प्रतिनिधि मण्डलको आरोप छ ।

प्रदेश योजना आयोगका उपाध्यक्षले अघिल्लो साता पत्रकार सम्मेलन नै गरेर प्रदेश विश्वविश्वबिद्यालय खजुरामा राख्न अनुपयुक्त रहेको भन्दै दाङको बङ्गलाचुली वा कपिलवस्तुको बहादुरगन्जमा जग्गाको खोजी भइरहेको खुलासा गरेका थिए । विश्वविद्यालय सार्ने विषय सञ्चारमाध्यमहरुमा आएसँगै खजुरा क्षेत्रका स्थानीय सरकार सहित बाँके र बर्दियाका स्थानीयबासीहरु आन्दोलित बनेका छन् ।

पत्रकार भेटमा बोल्दै विश्वविद्यालयका लागि १०० बिगाहा जग्गा सिफारिस सहित जग्गा छुट्याउने काम समेत सम्पन्न गरेको खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए । गाँउपालिका अध्यक्ष कक्षपतिले विश्वविद्यालय खजुराबाट अन्यत्र लैजाने सपना नदेख्न चेतावनी दिदै मुख्यमन्त्री र योजना आयोगको षडयन्त्र कुनै हालतमा पूरा हुन नदिने बताए ।

लुम्बिनी प्रादेशिक विश्वविद्यालय बाँकेको खजुरा गाउँपालिका ८ स्थित रनियापुरमा स्थापना गर्नका लागि खजुरा गाँउपालिका सहित बाँके जिल्ला समन्वय समितिबाट आवश्यक गृहकार्य पूरा गरिसकेको जनाइएको छ । यस कार्यलाई मूर्तरूप दिन आवश्यक पर्ने स्थलका सम्बन्धमा खजुरा गाउँपालिकाले सय बिघा जग्गा उपलब्ध गराउने गाउँपालिकाको प्रतिबद्धतापत्र जिल्ला समन्वय समितिमा पठाएइसकेको छ भने बाँके जिल्ला समन्वय समिति जिल्ला सभाले खजुरा गाउँपालिका द्वारा पठाइएको उक्त प्रस्ताव अनुमोदन गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा पठाएको छ । सोही सिफारिसका आधारमा लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रदेशको नीति तथा कार्यक्रममा पारित गरी आव ०७६/०७७ मा ३ करोड, आव ०७७/०७८ मा ७ करोड र चालु आर्थिक वर्षमा रू.१० करोड रकम समेत विनियोजन गरेको छ ।

मुख्यमन्त्रीले मुख्यमन्त्री कार्यालयमा भेट नदिएपछि टोलि मुख्यमन्त्रीलाई खोज्दै कपिलवस्तु हिँडेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ३ : ४० बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a