१९ माघ २०८२, सोमबार | February 3, 2026

लुम्बिनी प्रदेशमा अधिवेशन सकिएको चार महिनापछि माओवादी केन्द्रले छान्यो पदाधिकारी



बुटवल । माओवादी केन्द्रले चार महिना लगाएर लुम्बिनी प्रदेशमा पदाधिकारी टुंगो लगाएको छ । पार्टीभित्रको आन्तरिक किचलोका कारण अधिवेशन सकिएको चार महिनासम्म पदाधिकारी टुंगो लगाउन नसकेको माओवादी केन्द्रले अन्ततः सर्वसम्मत रुपमा पदाधिकारी टुंगो लगाएको हो ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीको अधिवेशन गत २६ मंसिरमा सम्पन्न भएको थियो । दाङको भालुवाङमा भएको अधिवेशनले २१७ सदस्यीय प्रदेश कमिटी चयन गरेको थियो ।

माओवादी केन्द्रको प्रदेश समितिको कपिलवस्तुमा बसेको पहिलो बैठकले सुदर्शन बराललाई अध्यक्ष बनाउँदै पदाधिकारी चयन गरेको हो ।

अधिवेशनकै बेला बराललाई अध्यक्ष बनाउने सहमति भएको थियो । प्रदेश समितिको बैठकले उपाध्यक्षमा दुर्गा थारु, नुमाकान्त न्यौपाने र बहादुर खत्रीलाई चयन गरेको छ भने सचिवमा कृष्ण अधिकारी, सहसचिवमा अकलबहादुर बम, पार्वती बिक, काशीराम यादव र कोषाध्यक्षमा निर्दोष अली चयन भएका छन् । बैठकले प्रदेश कार्यालय सचिवको जिम्मेवारी दिएको छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई माओवादी केन्द्रका नेता वर्षमान पुन, लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाललगायतले सपथग्रहण गराएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : ०९ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली