३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

साढे चार वर्षमा मर्चवारको फेरिएको तस्बिर



भैरहवा । मर्चवार भन्ने बित्तिकै धुलाम्य तथा उबडखाबड सडक, त्यसमाथि थोत्रा बस कुद्ने क्षेत्रको रुपमा चिनिन्थ्यो । तर स्थानीय सरकार गठनको चारवर्षमा मर्चबारले आफ्नो परिचय बदलेको छ ।

मर्चवार क्षेत्रमा तीन पालिका छन् । यसमध्ये रुपन्देहीको दक्षिणी क्षेत्रमा अवस्थित सम्मरीमाई गाउँपालिका एक हो । भारतसँग सीमा जोडिएको सम्मरीमाई साविकको सात गाविस मिलेर बनेको छ ।

यहाँका सर्वसाधारणको मुख्य पेशा कृषि हो । सोही कारण पालिकाले पछिल्लो साढे चार वर्षमा किसानलाई लक्षित गरी जीर्ण सडक विस्तार, स्वास्थ्य र शिक्षामा सहज पहुँचको प्रयास गरिहेको छ ।

पूर्वमा मर्चवारी गाउँपालिका, पश्चिममा लुम्बिनी साँस्कृतिक नगरपालिका, उत्तरमा कोटहीमाई गाउँपालिका र दक्षिणमा भारतको उत्तरप्रदेश सीमाना पर्ने पालिकाभित्र विकासको पहिलो सूचक सडकमा गाउँपालिकाले करोडौ लगानी गरेको छ ।

पालिकाले यस अवधिमा २० किलोमिटर सडक पिच गरेको छ भने २५-३० किलोमिटर सडक पीसीसी ढलान गरेको छ । यस्तौ सोही अनुपातमा सडकहरू ग्राभेल भएको छ ।

सडक जोडिएसँगै स्थानीयलाई कामकाजमा सहज भएको छ । कृषि पेशा मुख्य भए पनि आधुनिक उपकरणहरुका लागि बाटो नै पहिला चाहिने भएकोले यसले पालिको मात्रै होइन समग्र मर्चवारबासीको आर्थिकस्तर सुढृड भएको छ ।

गाँउपालिका प्रमुखमा जितेन्द्रनाथ शुक्ल बब्लु आएदेखि भौतिक संरचना अभाव झेलिरहेको मर्चवारका पालिकामा निकै सुधार भएको छ । यस क्षेत्र भित्रका ८० प्रतिशतभन्दा बढी क्षेत्र सहज सडक पहुँच बनेको छ ।

पालिकाका भित्री सडक विस्तार भए पनि मुख्य बाटोको समस्या भने अझै उस्तै छ । हिलोमुक्त गाउँ बनाउन अझै अति आवश्यक सडकको स्तरोन्नति र विस्तार गर्नुपर्ने पालिका अध्यक्ष शुक्लाले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ४ : २८ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका