१६ श्रावण २०८३, शनिबार | August 1, 2026

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज जनकपुर जाँदै



काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा माओवादी केन्द्रले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।

जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर जाने भएका छन् ।

जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।

सो प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, जनवर्गीय सङ्गठनका प्रतिनिधिलगायतको सहभागिता रहने जनाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ७ : ४१ बजे

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश