२५ असार २०८३, बिहिबार | July 9, 2026

माओवादीले हार्दा देश हार्छ, अरुले हार्दा देशले जित्छ : प्रचण्ड



जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आगामी स्थानीय चुनावमा माओवादी हारे देशले नै हार्ने र अरुले हार्दा देशले जित्ने बताएका छन् ।

मंगलबार जनकपुरधामको तिरहुतिया बरगाछिमा भएको प्रशिक्षण कार्यक्रमलाई समबोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा पार्टीका लागि जीवनमरणको विषय भएको बताए । “यो निर्वाचन अरुका लागि चुनाव मात्र हो । तर, हाम्रा लागि जीवनमरणको विषय हो । हामी हार्दा देश हार्छ । अरु हार्दा देश जित्छ,” प्रचण्डले भने ।

उनले डेढ–दुई महिनामा मधेसलाई क्रान्तिकारीमय र माओवादीमय बनाउनुपर्ने बताउँदै गठबन्धनको आशा गरेर ‘रिल्याक्स’ नगर्न पनि नेतारकार्यकर्तालाई निर्देशन दिए । उनले मधेसका युवालाई भाडभैलो गर्न खोज्नेलाई इँटको जबाफ पत्थरले दिन निर्देशन पनि दिए ।

गरिब किसान, मजदुर, भूमिहीन, महिला, दलित, जनजाति, हिमाली आदिवासी, सीमान्तकृत समुदाय सबैलाई समावेशी र समानुपातिक प्रतिनिधित्व माओवादीको कारण भएको प्रचण्डले दाबी गरे ।

अध्यक्ष प्रचण्डले नेकपा (एमाले)का कारण नागरिकता विधेयक रोकिएको आरोप लगाए बताए । “नागरिकता विधेयक एमालेको कारण रोकिएको छ । हामीले जनतामा गएर यो भनिदिनुपर्छ ।” उनले भने ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ७ : २८ बजे

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको