१८ भदौ २०८३, बिहिबार | September 4, 2026

भरतपुर महानगरको मेयरमा सकारात्मक सोच मात्र भेटेँ : प्रचण्ड



चितवन । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल प्रशंसा गरेका छन् । भरतपुर महानगरको नयाँ प्रकासकीय भवनको शुक्रबार शिलान्यास गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेयरमा सकारात्मक सोच मात्रै भेटेको बताए ।

‘मैले भरतपुर महानगरपालिकाको मेयरको दिमागमा जतिबेला पनि भरतपुर महानगर र त्यो परिवारप्रति जहिले पनि सकरात्मक सोच मात्र भेटेँ’, उनले भने । कांग्रेस र एमालेका जनप्रतिनिधिले समेत गरेको सहयोग र सकारात्मक सोचका कारण महानगरको विकासले तीव्रता पाएको उनले बताए ।

भरतपुर महानगरपालिकालाई छिमेकी देशहरूले विशिष्ट महानगरको रुपमा हेरेको समेत उनले बताए । ‘हाम्रो छिमेकीदेखि टाढा–टाढाका मित्रहरुले पनि भरतपुरलाई विशिष्ट महानगरको रुपमा हेरेका छन्’, उनले भने ।

स्थानीय तह र प्रदेश तथा संघको चुनावमा फरक पार्टीसँग गठबन्धन गर्नुपरेको परिस्थितिमा समेत भरतपुर महानगरको टिम अक्षुण रहेको उनले बताए । राष्ट्रिय राजनीतिकमा उतारचढाव आइरहे पनि भरतपुर महानगरकी मेयरले टिमलाई एकढिक्का बनाइराख्न भूमिका खेलेको भन्दै उनले आफ्नी छोरीको प्रंशासा गरे ।

शिलान्यास कार्यक्रममा बोल्ने केहि वक्ताले महानगरमा देखेको विकासको बारेमा पनि बोल्न हिच्किचाएको भन्दै उनले भने, ‘केहिले त यो भएन पो भन्न थाल्नुभो । झण्डै ४१ किमी रिङ रोड बनिसक्या छ । बन्दै बनेन पो भन्नुभो । भनेपछि साथीहरूलाई चुनाव लागेछ । विकास लागेनछ ।’

चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद समेत रहेका प्रचण्डले ९४ करोड ३२ लाख ३० हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको प्रशासकीय भवनको शिलान्यास गरेका हुन् । सात कठ्ठामा निर्माण हुने ६ तले नयाँ प्रशासनिक भवन आगामी साढे दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रशासनिक भवनको लागि प्रदेश सरकारले सम्झौता रकमको ५० प्रतिशत स्रोत सुनिश्चितता गरेको प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले बताए । अर्थ मन्त्रालयबाट पनि ३५ करोड रुपैयाँको सुनिश्चितता भएको उनले बताए ।

अपुग रकम महानगरले व्यहोर्ने उनले बताए । १४ हजार १५२ वर्गमिटर क्षेत्रफलको हुने भवनमा दुई वटा लिफ्ट, ज्येष्ठ नागरिक प्रतिक्षालय कक्ष, सांस्कृतिक प्रदर्शनी कक्ष र सभाहल निर्माण हुने उनको भनाइ छ । भवन अपांगमैत्री, प्रविधिमैत्री र सेवाग्राहीमैत्री हुने उनी बताउँछन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ३ : ३२ बजे

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो