२४ मंसिर २०८२, बुधबार | December 10, 2025

गठबन्धन गरेरै चुनावमा जाउँ धेरै सिट जित्छौं : देउवा



काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अबको चुनावमा गठबन्धन गरेरै जानुपर्ने बताएका छन् ।

केन्द्रीय कार्यसमितिको सोमबारको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धन आवश्यक रहेको जिकिर गरेका हुन् । देउवाले अघिल्लो चुनावमा आफु पनि बाल बाल चुनाव जितेको स्मरण गर्दै धेरै नेताहरु पराजित भएको बताए ।

देउवाले भने, ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ । गठबन्धन नगरेर के गर्ने त ? गठबन्धन गरेर जाने हो भने अहिले हामी सबै सिट जित्छौँ,’ देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘पहिले धेरै साथीहरू हार्नुभएकै हो । जित्नका लागि गठबन्धन नगरे अर्को के उपाय छ ?’

त्यसअघि बैठकमा शेखर कोइरालालगायतका केही नेताले गठबन्धन गर्न नहुने धारणा राखेका थिए । उनीहरुलाई जवाफ फर्काउँदै देउवाले गठबन्धन गरेर जाँदा नै सहज हुने बताएका हुन् । देउवाले विगतमा आफु माथि नै गोली प्रहार गरेको समेत स्मरण गरे । तर विगतका कुरालाई सम्झिएर अहिले नहुने उनले जिकिर गरे । ‘मलाई पनि माओवादीले पहिले गोली हानेकै हुन् । तर, अब पुराना कुरा सम्झिएर केही हुँदैन,’ उनले भने, ‘त्यसकारण गठबन्धन गरेर जाऔँ । मेरो आइडियोलोजीमा शंका नगर्नुहोस्, म धेरै लडेको मान्छे हुँ ।’

देउवाले अब आफु पार्टी सभापति नहुने बताउँदै मिलेर अघि बढ्न नेताहरुलाई आग्रह समेत गरे । ्

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ३ : ४२ बजे

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

कालिका मानवज्ञान मावि बुटवलमा ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका खेलकुद कार्यक्रम सुरु

बुटवल । देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा स्थापित कालिका मानवज्ञान

बुटवलको प्रदर्शनीलाई उच्चस्तरमा लैजान उद्योगी-व्यवसायीको एकमत

बुटवल । रुपन्देहीका उद्योगी-व्यवसायी तथा विभिन्न सामाजिक संघ-सस्थाका प्रतिनिधिहरुले दशकौंदेखि

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन