७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना



काठमाडौं । नेपाल र अफ्रिकी राष्ट्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७५ पुगेको छ ।

अमेरिकाको न्युर्योकस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा सोमबार एक कार्यक्रमको आयोजना गरी कूटनीतिक सम्बन्ध स्थापना गरिएको थियो ।

कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त पत्रमा नेपालको तर्फबाट न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र दक्षिण सुडानको तर्फबाट राष्ट्रसंघका लागि दक्षिण सुडानका स्थायी प्रतिनिधि तथा राजदूत अकुई बोना मलवालले हस्ताक्षर गरेका थिए ।

दुवै देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना गरेको सम्बन्धी जानकारी संयुक्त राष्ट्रसंघका महासचिवलाई दिएका छन् । उनीहरुले संयुक्त पत्र लेखि सो जानकारी गराएका थिए ।

दक्षिण सुडान सन् २०११ मा भएको जनमतसंग्रह मार्फत सुडानबाट स्वतन्त्र भएको थियो । सुडान भूवेरिवेष्ठित राष्ट्र हो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १२ : २७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज