१६ श्रावण २०८३, शनिबार | August 1, 2026

माओवादी अध्यक्ष प्रचण्ड आज नेपालगन्ज आउँदै



नेपालगन्ज । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज नेपालगन्ज आउने भएका छन् । केन्द्रका नेता एवं बाँकेका व्यवसायीक अगुवा दामोदर आचार्यको स्मृतिमा आयोजना हुने श्रद्धान्जलीसभामा सहभागी हुन प्रचण्ड नेपालगन्ज आउन लागेका हुन् ।

स्वर्गीय आचार्यको मृत्यु भएको १३ दिन पुगेकै दिन आचार्य निवासमा माओवादी केन्द्र बाँकेले राखेको श्रद्धान्जलीसभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड सहित माओवादी प्रवक्ता कृष्णबहादुर महरा लगायतका नेता नेपालगन्ज आउने माओवादी केन्द्रकी बाँके ईन्चार्ज पूर्णाकुमारी सुबेदीले जानकारी दिईन् । ‘शोकमा सरिक हुन आउन लाग्नुभएका कारण अध्यक्षको अन्य कुनै औपचारीक कार्यक्रम राखिएन ।’ उनले भनिन् ।

औपचारीक कुनै कार्यक्रम नराखिएपनि आन्तरिक कार्यकर्ता भेटघाट र नेपालगन्जमा उपलब्ध पार्टीका अगसवा कार्यकर्तालाई निर्देशनात्मक प्रशिक्षण दिने अनौपचारीक कार्यक्रम राखिएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य र नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आचार्यको क्यान्सर रोगबाट ५९ वर्षको उमेरमा निधन भएको थियो ।

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ८ : २२ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा