१ चैत्र २०८२, आइतबार | March 15, 2026

प्रचण्डले गरे नयाँ संकेत : को बन्ला नेपालगन्ज उपमहानगरमा माओवादी उम्मेदवार ?



नेपालगन्ज । आगामी स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरमा माओवादी केन्द्रले हालै दिवंगत भएका व्यवसायी नेता दामोदर आचार्यका धर्मपत्नी पार्वता आचार्यलाई उम्मेदवार बनाउने संकेत गरेको छ । आचार्यको १३ औं दिनको पूण्यतिथिमा समवेदना व्यक्त गर्न नेपालगन्ज आएका माओवादी अध्यक्ष प्रचण्डले आचार्यको उत्तराधिकारीकारुपमा आचार्य पत्नी पार्वतालाई पार्टीले हेरेको बताएसँगै नेपालगन्जमा उनको उम्मेदवारीको संकेत देखिएको हो ।

आचार्यको निधनको शोकमा माओवादी केन्द्रले राखेको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले पार्वताको अभिव्यक्ति र योग्यताले दामोदर आचार्यको उत्तराधिकारीकारुपमा आफुले बुझेको बताएका छन् । सभामा आचार्य पत्नी पार्वताले दामोदर आचार्यको सपना साकार पार्न आफु र आफ्नो परिवार नेपालगन्जबासीसंग एकाकार भएर अगाडी बढ्न चाहेको बताएकी थिईन् । त्यस लगत्तै अध्यक्ष प्रचण्डले पार्वतामा उत्ताधिकारी बन्न सक्ने क्षेमता आफुले देखेको भन्दै त्यसलाई पार्टी र आफुले सघाउने घोषणा गरे । ‘पार्वताले आँट्नु भयो भने, उहाँ उत्तराधिकारी बन्न सक्नु हुन्छ भन्ने लाग्यो,’ प्रचण्डले भने, -‘पार्टी तपाईको साथमा छ ।’ निर्वाचनको माध्यमबाट माओवादीले दामोदर आचार्यको सपना पुरा गर्ने समेत बताए ।

प्रचण्डले दामोदर आचार्य व्यवसायी नेता मात्र नभएर भिजन भएका नेता रहेको बताउँदै आफुले समेत आचार्यलाई राम्रोसँग चिन्न नसकेको स्विकार गरे । उनले आचार्यलाई मरणोपरान्त केन्द्रीय सदस्यमा मनोनयन गर्ने बताउँदै नेपालगन्जबासीले गुमाएको अभिभाकत्व माओवादीले पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रचण्डले दामोदरका राम्रो गुण सिक्नु नै दामाेदर प्रति सच्चा श्रद्धान्जली हुने बताए ।

कार्यक्रममा माओवादी प्रवक्ता कृष्ण बहादुर महरा, पूर्व स्थायी समिति सदस्य लिलामणी पोखरेल लगायतले बोलेका थिए ।

नेपालगन्ज उपमहानगरमा मेयरका लागि व्यवसायी नन्नदलाल बैश्य, आदेश अग्रवाल र अर्का नेता नविन शर्माले आकाँक्षा राखेपनि प्रचण्डको आजको सम्बोधनले माओवादी उम्मेदवारको चर्चा फेरिन पुगेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ७ : ३४ बजे

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय