२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

तीन दिने भारत भ्रमण क्रममा शुक्रबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री देउवा मोदीलालई भेट गर्न हैदराबाद हाउस पुगेका छन् ।

दुई प्रधानमन्त्रीबीच नेपाल भारतका सम्बन्धका विविध आयामका विषयमा छलफल भएको छ ।

दुई मुलुकबीच विगत केही वर्षयता देखिएको चिसोपना देखिएपनि अघिल्लो वर्षदेखि पुनः सम्बन्ध सहज बन्दै गएको छ । २०७५ सालपछि दुई देशका प्रधानमन्त्रीबीच पहिलो पटक भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवाको पाँचौं पटकको प्रधानमन्त्रित्वकालमा यो पहिलो औपचारिक विदेश भ्रमण पनि हो ।

प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच भेटवार्ता सकिएलगत्तै दुई पक्षीय प्रतिनिधिमण्डलबीच विभिन्न विषयमा सहमति सम्झौता हुने भएको छ । त्यसलगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ ।

दुईपक्षीय भेटवार्तापछि केही बेरमा हैदरावाद हाउसबाटै दुवै देशका प्रधानमन्त्रीले जनकपुर जननगर रेल सेवाको उद्घाटन कार्यक्रम गर्ने कार्यक्रम रहेको छ । दिल्लीबाट दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएपछि नेपाल रेल्वे कम्पनीको रेल जनकपुरबाट गुड्न सुरु गर्नेछ । भोलिदेखि औपचारिक रुपमा आम सर्वसाधारणका लागि रेल सेवा प्रारम्भ हुनेछ ।

यसअघि प्रधानमन्त्री देउवाले आज बिहान राजघाट पुगेर महात्मा गान्धीको समाधीस्थलमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

प्रधानमन्त्री देउवासँग शुक्रबार भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेट गरेका थिए । देउवा भारतीय जनता पार्टीको मुख्यालयमा पुगेर अध्यक्ष जेपी नड्डासँग भेट गरेका थिए । देउवाले शुक्रबार साँझै दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

 

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : ५३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय