१७ श्रावण २०८३, आइतबार | August 2, 2026

राष्ट्रपति भण्डारीद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन एवं पूजा आराधना



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी गएराति १० बजे असन पुगी सेतो मच्छेन्द्रनाथको रथको पूजा आराधना गरी प्रसाद ग्रहण गरेकी छन् ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशालाअघिबाट सेतो मच्छेन्द्रनाथको रथ तानी असन ल्याएको राति राष्ट्राध्यक्षले पूजा, आराधना एवं दर्शन गर्ने परम्परा छ ।

असनमा पूजा आराधना एवं दर्शनपछि राष्ट्राध्यक्षले प्रसाद ग्रहण गर्ने विधिअनुसार राष्ट्रपति भण्डारी असन पुगेकी हुन् । परम्परा अनुसार राष्ट्रपति भण्डारीले पूजा आराधना गरेको काठमाडौं महानगरपालिका २५ का वडाध्यक्ष तथा सेतो मच्छेन्द्रनाथका पुजारी एवं जात्रा व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले बताए ।

तीनधारा पाठशालाअघि एक हप्ताअघिदेखि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिन्छ। यो रथलाई नागराजको प्रतीक मानिन्छ ।

प्रत्येक वर्ष यो जात्रा गरेपछि देशभर वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ ।

तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । रथ लगेर बिसाएका स्थानमा करुणामय भगवान् लोकेश्वरको पूजा आराधनाका लागि भक्तजनहरु जम्मा हुने गर्दछन् ।

सेतो मच्छेन्द्रनाथलाई हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले विधिपूर्वक पूजा आराधना गर्छन् । काठमाडौंमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि ललितपुरमा रातो मच्छेन्द्रनाथको रथयात्रा हुने गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ६ : ५९ बजे

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर सिक्री लुटपाट र

सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी वार्ता टोली र