२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

रुपन्देहीमा मतदाता : सबैभन्दा बढी बुटवल र सबै भन्दा कम मर्चवारीमा



बुटवल । जनगणनामा जनसंख्याको बृद्दीदर घटेपनि नेपालका बिभिन्न जिल्लाहरुमा मतदाता थपिने क्रम रोकिएको छैन । रुपन्देहीमा मात्र पछिल्लो पाँच वर्षमा एक लाख नौ हजार भन्दा बढी मतदाता थपिएका छन् ।

२०७४ सालको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेको रुपन्देहीमा २०७९ को स्थानीय निर्वाचन सम्म आइपुग्दा ६ लाख ३२ हजार ३६० मतदाता पुगेका छन् । यो अवधिमा रुपन्देहीमा एक लाख नौ हजार ७५८ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा तीन लाख २३ हजार ७७८ जना पुरुष र तीन लाख आठ हजार ५७४ जना महिला मतदाता रहेका छन् ।

रुपन्देहीमा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा अघिल्लो निर्वाचन भन्दा १३ हजार ३४५ मतदाता थपिएर मतदाताको संख्या ९० हजार ६५ जना पुगेको छ भने तिलोत्तमा नगरपालिकामा १४ हजार ६७३ मतदाता थपिएर ८५ हजार ७४७ मतदाता पुगेको छ ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाका सैनामैना नगरपालिकामा ५१ हजार २२,सिद्धार्थनगर नगरपालिकामा ४४ हजार ६५२, देवदह नगरपालिकामा ४८ हजार २९१ र लुम्बिनी साँस्कृतिक नगरपालिकामा ४३ हजार ८९० जना मतदाता रहेका छन् ।

जिल्लामा रहेका १० गाउँपालिकामध्ये सबैभन्दा बढी गैडहवा गाउँपालिकामा ३० हजार ३५१ मतदाता छन् भने सबैभन्दा कम मर्चवारी गाउँपालिकामा २२ हजार ७४७ जना मतदाता रहेका छन् ।

यस्तै मायादेवी गाउँपालिकामा ३० हजार ४६४, कञ्चन गाउँपालिकामा २८ हजार ९७८, शुद्धोधन गाउँपालिकामा २७ हजार ५७८, कोटहीमाई गाउँपालिकामा २६ हजार २४२, रोहिणी गाउँपालिकामा २६ हजार ९६९, ओमसतिया गाउँपालिकामा २३ हजार ९२९, सम्मरीमाई गाउँपालिकामा २३ हजार ६८२ र सियारी गाउँपालिकामा २७ हजार ७५३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ८ : २२ बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो