२२ भदौ २०८३, सोमबार | September 7, 2026

एनआरएनले गैरआवासीय नेपालीलाई नेपालका बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने



काठमाडौं । गैर आवासीय नेपाली संघ [एनआरएनए]ले विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने भएको छ । संघको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

‘छलफलमा विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर एकाउन्ट खोल्न अनुरोध गर्ने र एकाउन्ट बाट कम्तीमा एक हजार डलर सम्बन्धित देशको बैंकमार्फत नेपाल मा ट्रान्सफर गर्न अनुरोध गर्ने निर्णय गरेको छ,’ संघद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सोमबार संघका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले विदेशी मुद्रा ९डलर०को कमीलाई कसरी कम गर्न सकिन्छ भनेरे अर्थमन्त्री, राष्ट्रबैंकका गभर्नर लगायतको उपस्थितिमा १३ अप्रिलमा जुममार्फत छलफल गर्ने कार्यक्रम पनि तय गरेको छ ।

यसैगरी बैठकले विदेशबाट अनलाइनमार्फत डलर खाता खोल्दा आइपर्ने प्राविधिक समस्याका बारेमा अध्ययन गरि नेपाल सरकारका प्रतिनिधिलाई जानकारी दिन उपाध्यक्ष भूषण घिमिरेको नेतृत्वमा सबै उपाध्यक्ष रहने गरि एक कार्यदल समेत गठन गरेको छ ।

आकस्मिक बैठकले कोषाध्यक्षहरुको नेतृत्वमा सबै सहकोषाध्यक्ष रहने गरी डलर खाता खोल्नको लागि चाहिने कागजी प्रक्रिया र आर्थिक पक्षको अध्ययन गरी सबै गैरआवासीय नेपालीलाई जानकारी गराउने र एकाउन्ट खोल्न सहजीकरण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ३ : २२ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा