१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

साढे तीन वर्षमा जुवातास खेलिरहेको अवस्थामा साढे १२ हजारभन्दा बढी पक्राउ, करिव १३ करोड नगद बरामद



काठमाडौंं । प्रहरीले पछिल्लो साढे तीन वर्षको अवधिमा नेपालको विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा साढे १२ हजारभन्दा बढी जनालाई पक्राउ गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ को फागुनसम्मको अवधिमा उनीहरुलाई पक्राउ गरिएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिना ९साउनदेखि फागुनसम्म० को अवधिमा २ हजार ७ सय जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

यस आर्थिक वर्ष पक्राउ पर्नेमा २ हजार ५८२ जना पुरुष र ११८ जना महिला रहेका छन् । सोही अवधिमा ६१ जना विरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा जुवातास खेल्नेहरुबाट प्रहरीले ५ करोड ४८ लाख ४४ हजार २७५ रुपैयाँ नगद बरामद गरेको छ । प्रहरीले सबैभन्दा बढी नगद बरामद काठमाडौं उपत्यकाबाट गरेको छ । यसवर्ष उपत्यकाबाट मात्रै २ करोड ५७ लाख ७८ हजार ५४२ रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ ।

प्रहरीको तथ्याङ्क अनुसार प्रदेश १ बाट २६ लाख ९४ हजार ४८४ रुपैयाँ, मधेस प्रदेशबाट १५ लाख ११ हजार ८५९ रुपैयाँ, बागमती प्रदेशबाट ४० लाख ६८ हजार ६५० रुपैयाँ ९काठमाडौं उपत्यका बाहेक०, गण्डकी प्रदेशबाट १ करोड १३ लाख २ हजार ९५१ रुपैयाँ, लुम्बिनी प्रदेशबाट ४६ लाख ४५ हजार ७ सय रुपैयाँ, कर्णाली प्रदेशबाट १३ लाख २० हजार ४९९ रुपैयाँ र सदुरपश्चिम प्रदेशबाट ३५ लाख १७ हजार ५९० रुपैयाँ नगद बरामद गरिएको छ ।

प्रहरीका अनुसार पछिल्लो साढे तीन वर्षमा अर्थात आर्थिक वर्ष २०७५/७६ मा २ हजार ८६९, २०७६/७७ मा ३ हजार ५८४, २०७७/७८ मा ३ हजार ४५६ र २०७८/७९ को फागुनसम्मको अवधिमा २ हजार ७ सय गरी कूल १२ हजार ६०९ जना व्यक्ति जुवातास खेलीरहेको अवस्थामा पक्राउ परेका छन् ।

यस्तै, सोही अवधिमा पक्राउ परेकाहरुबाट १२ करोड ८४ लाख ७२ हजार ५५६ रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा १ करोड ३२ लाख ८२ हजार ३८४ रुपैयाँ, २०७६/७७ मा ४ करोड ३५ लाख ७८ हजार ४३७ रुपैयाँ, २०७७/७८ मा १ करोड ६७ लाख ६७ हजार ४६० रुपैयाँ र २०७८/७९ को फागुनसम्म ५ करोड ४८ लाख ४४ हजार २७५ रुपैयाँ जुवातास खेल्नेहरुबाट प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ४ : ५६ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’