२० मंसिर २०८२, शनिबार | December 6, 2025

साढे तीन वर्षमा जुवातास खेलिरहेको अवस्थामा साढे १२ हजारभन्दा बढी पक्राउ, करिव १३ करोड नगद बरामद



काठमाडौंं । प्रहरीले पछिल्लो साढे तीन वर्षको अवधिमा नेपालको विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा साढे १२ हजारभन्दा बढी जनालाई पक्राउ गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ को फागुनसम्मको अवधिमा उनीहरुलाई पक्राउ गरिएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिना ९साउनदेखि फागुनसम्म० को अवधिमा २ हजार ७ सय जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

यस आर्थिक वर्ष पक्राउ पर्नेमा २ हजार ५८२ जना पुरुष र ११८ जना महिला रहेका छन् । सोही अवधिमा ६१ जना विरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा जुवातास खेल्नेहरुबाट प्रहरीले ५ करोड ४८ लाख ४४ हजार २७५ रुपैयाँ नगद बरामद गरेको छ । प्रहरीले सबैभन्दा बढी नगद बरामद काठमाडौं उपत्यकाबाट गरेको छ । यसवर्ष उपत्यकाबाट मात्रै २ करोड ५७ लाख ७८ हजार ५४२ रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ ।

प्रहरीको तथ्याङ्क अनुसार प्रदेश १ बाट २६ लाख ९४ हजार ४८४ रुपैयाँ, मधेस प्रदेशबाट १५ लाख ११ हजार ८५९ रुपैयाँ, बागमती प्रदेशबाट ४० लाख ६८ हजार ६५० रुपैयाँ ९काठमाडौं उपत्यका बाहेक०, गण्डकी प्रदेशबाट १ करोड १३ लाख २ हजार ९५१ रुपैयाँ, लुम्बिनी प्रदेशबाट ४६ लाख ४५ हजार ७ सय रुपैयाँ, कर्णाली प्रदेशबाट १३ लाख २० हजार ४९९ रुपैयाँ र सदुरपश्चिम प्रदेशबाट ३५ लाख १७ हजार ५९० रुपैयाँ नगद बरामद गरिएको छ ।

प्रहरीका अनुसार पछिल्लो साढे तीन वर्षमा अर्थात आर्थिक वर्ष २०७५/७६ मा २ हजार ८६९, २०७६/७७ मा ३ हजार ५८४, २०७७/७८ मा ३ हजार ४५६ र २०७८/७९ को फागुनसम्मको अवधिमा २ हजार ७ सय गरी कूल १२ हजार ६०९ जना व्यक्ति जुवातास खेलीरहेको अवस्थामा पक्राउ परेका छन् ।

यस्तै, सोही अवधिमा पक्राउ परेकाहरुबाट १२ करोड ८४ लाख ७२ हजार ५५६ रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा १ करोड ३२ लाख ८२ हजार ३८४ रुपैयाँ, २०७६/७७ मा ४ करोड ३५ लाख ७८ हजार ४३७ रुपैयाँ, २०७७/७८ मा १ करोड ६७ लाख ६७ हजार ४६० रुपैयाँ र २०७८/७९ को फागुनसम्म ५ करोड ४८ लाख ४४ हजार २७५ रुपैयाँ जुवातास खेल्नेहरुबाट प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ४ : ५६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल