२४ बैशाख २०८१, सोमबार | May 6, 2024

लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी कलेजमा अभिमुखीकरण सम्पन्न



बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी कलेज बुटवलले नया भर्ना भएका विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवलको बेलवासमा आयोजित एक कार्यक्रममा बीए एलएलबी र बिटिटिएम पहिलो संकायका विद्यार्थीको स्वागत तथा अभिमुखीकरण भएको हो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले अन्र्तराष्ट्रिय महत्वको बौद्ध विश्वविद्यालयले बुटवलमा दुई कार्यक्रम सञ्चालन गरेर शिक्षामा महत्वपूर्ण काम गरेको बताए । बौद्ध विश्वविद्यालय विशिष्टिकृत रहेको र यहाँबाट उत्पादित जनशक्ति बौद्ध शिक्षालाई आत्मसाथ गरी नैतिक चरित्रवान हुनेमा उनले विश्वास गरे । बुद्धले दिएका ज्ञान र दर्शन जोडिएका शैक्षिक कार्यक्रममले समुदायमा शसक्त जनशक्ति पठाउने काम विश्वविद्यालयले गरेको भन्दै उनले प्रशंसा गरे ।

पूर्वमन्त्री श्रेष्ठले विद्यार्थीको पहिलो लक्ष्य नै ज्ञान हासिल गर्नु हुने भन्दै त्यति गरेमात्रै अन्र्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धी बन्न सकिने उनको भनाई छ । उनले विश्वविद्यालयका लागि नयाँगाउँमा जमिन व्यवस्थापनमा स्थानीय समुदायले महत्वपूर्ण योगदान गरेको भन्दै प्रसंसा गरे ।

सो अवसरमा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले शैक्षिक गुणस्तर कायम गर्ने विषयमा विश्वविद्यालय योजनाबद्ध रुपमा काम गरिरहेको बताए । विश्वविद्यालय अध्ययन गर्ने प्राज्ञिक थलो भएको भन्दै अन्य गतिबिधि असभ्य हुने उनले बताए । ‘यो ज्ञान आर्जन गर्ने स्थान हो, अझ बौद्ध विश्वविद्यालयमा अन्यमाजस्तो विकृति भित्रिन दिनुहुदैन, त्यस कुरामा हामी सचेत छौं, उनले भने । बौद्ध विश्वविद्यालयमा शिक्षा बाहेकका क्रियाकलाप अशोभनीय हुने भन्दै उनले त्यस्ता क्रियाकलापमा नलाग्न सबैलाई आग्रह गरे ।

विश्वविद्यालयले भौतिक पूर्वाधार निर्माणसंगै प्राज्ञिक विकासमा अग्रसर रहेको उनले बताए । विएएलएलबी र विटिटिएम विषय नयाँ तथा समुदायका लागि सञ्चालनमा ल्याइएको उनको भनाई छ । बौद्ध दर्शनसंग जोडिएका यी कार्यक्रमबाट उत्पादिन जनशक्ति विशिष्टिकृत हुने भन्दै त्यसै अनुसारको मेहनत गर्न उनले विद्यार्थीलाई आग्रह गरे । विद्यार्थीहरुका लागि प्रयाप्त प्रयोगात्मक कक्षाहरु हुने र त्यसका लागि आवश्यक पूर्वाधार समेत बनिरहेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव राजेन्द्र थापाले कानून विषय ज्यादै गहन र प्रयोगात्मकमा केन्द्रीत हुने भएकाले मेहनतका साथ अध्ययन गर्न उनले विद्यार्थीहरुलाई आग्रह गरे । कानून विषयलाई स्थानीयस्तरमै सहज रुपमा अध्यापन गराउनका लागि प्रदेश सरकारले विश्वविद्यालयलाई सहयोग समेत गरिरहेको उनले बताए । विश्वविद्यालयले स्थानीय स्तरमा रहेको शैक्षिक जनशक्तिलाई प्राज्ञिक विकासमा प्रयोग गर्नुपर्ने सुझाव उनले दिए ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन उकेशराज भुजु, नयाँगाउँ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्याल, बरिष्ट अधिवक्ता थ्रिलाल पराजुली, अभिभावक हेमानन्द शर्मा, सिटी कलेजका कार्यक्रम संयोजक बलबहादुर पाण्डे, मोहनलाल भण्डारी, मेघनाथ खनाल लगायतले बोल्दै नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा पुराना विद्यार्थीले नयाँ विद्यार्थीलाई स्वागत गर्नुका साथै सांस्कृतिक कार्यक्रम समेत भएको थियो । कार्यक्रममा करिव २ सय जना विद्यार्थी सहभागि भएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ५ : २७ बजे

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक