२ पुस २०८२, बुधबार | December 17, 2025

खोटाङमा कालाजारका थप दुई बिरामी भेटिए



खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडामा थप दुई जनालाई कालाजार संक्रमण भएको पुष्टि भएकोे छ ।

नगर स्वास्थ्य शाखाको समन्वयमा जिल्ला अस्पतालले सोमबार बाहुनीडाँडामा आयोजना गरेको कालाजार नियन्त्रण र उपचार सम्वन्धी केस बेस सर्भिलेन्स कार्यक्रम अन्तर्गत रगत परिक्षण गर्दा दुई जनालाई कालाजार लागेको पत्ता लागेको हो ।

१ सय जनाको रक्त नमुना संकलन गरेर आरडिटी विधिबाट परीक्षण गर्दा दुई जनालाई कालाजार देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताए ।

चैत दोश्रो साता मात्र ९२ जनाको रक्त नमुना परीक्षण गर्दा एक जनालाई कालाजार लागेको पूष्टि भएको थियो । बाहुनीडाँडामा कालाजारका बिरामी भेटिन थालेपछि त्यसबाट संक्रमित बिरामीको पहिचान गर्दै उपचार गर्ने व्यवस्थाका लागि केस बेस सर्भिलेन्स कार्यक्रम राखिएको जिल्ला अस्पतालका डा. बैभव मल्लिकले बताए ।

यससँगै चालु आर्थिक वर्ष बाहुनीडाँडामा कालाजार संक्रमितको संख्या ६ पुगेको छ । कालाजारबाट संक्रमितलाई जनही दुई हजार यातायात खर्च उपलव्ध गराएर जिल्ला अस्पताल पठाउने र निःशुल्क औषधि दिने प्रबन्ध मिलाइएको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताए ।

बाहुनीडाँडाको विभिन्न वस्तीमा २०७७ साउन यता कालाजार देखा परेको हो । नगर स्वास्थ्य शाखासँग आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ मा १० जनालाई कालाजार लागेको तथ्यांक छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : ५५ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११