४ आश्विन २०८३, आइतबार | September 20, 2026

खोटाङमा कालाजारका थप दुई बिरामी भेटिए



खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडामा थप दुई जनालाई कालाजार संक्रमण भएको पुष्टि भएकोे छ ।

नगर स्वास्थ्य शाखाको समन्वयमा जिल्ला अस्पतालले सोमबार बाहुनीडाँडामा आयोजना गरेको कालाजार नियन्त्रण र उपचार सम्वन्धी केस बेस सर्भिलेन्स कार्यक्रम अन्तर्गत रगत परिक्षण गर्दा दुई जनालाई कालाजार लागेको पत्ता लागेको हो ।

१ सय जनाको रक्त नमुना संकलन गरेर आरडिटी विधिबाट परीक्षण गर्दा दुई जनालाई कालाजार देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताए ।

चैत दोश्रो साता मात्र ९२ जनाको रक्त नमुना परीक्षण गर्दा एक जनालाई कालाजार लागेको पूष्टि भएको थियो । बाहुनीडाँडामा कालाजारका बिरामी भेटिन थालेपछि त्यसबाट संक्रमित बिरामीको पहिचान गर्दै उपचार गर्ने व्यवस्थाका लागि केस बेस सर्भिलेन्स कार्यक्रम राखिएको जिल्ला अस्पतालका डा. बैभव मल्लिकले बताए ।

यससँगै चालु आर्थिक वर्ष बाहुनीडाँडामा कालाजार संक्रमितको संख्या ६ पुगेको छ । कालाजारबाट संक्रमितलाई जनही दुई हजार यातायात खर्च उपलव्ध गराएर जिल्ला अस्पताल पठाउने र निःशुल्क औषधि दिने प्रबन्ध मिलाइएको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताए ।

बाहुनीडाँडाको विभिन्न वस्तीमा २०७७ साउन यता कालाजार देखा परेको हो । नगर स्वास्थ्य शाखासँग आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ मा १० जनालाई कालाजार लागेको तथ्यांक छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : ५५ बजे

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी