२० मंसिर २०८२, शनिबार | December 6, 2025

डब्लुएचओका महानिर्देशक भोलि नेपाल आउँदै



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. ड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आउँदै छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । वैशाख ८ देखि १० गतेसम्म उनले नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रका अनुसार डब्लुएचओका महानिर्देशक गेब्रेयससको नेपाल भ्रमण टोलीमा डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा पूनम क्षेत्रपाल सिंह र डब्लुएचओका अन्य पदाधिकारीहरु पनि सहभागी हुनेछन् ।

नेपाल भ्रमणमा रहँदा महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, उनले परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग पनि भेट गर्ने परराष्ट्रले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ११ : २४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय