३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

डब्लुएचओका महानिर्देशक भोलि नेपाल आउँदै



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. ड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आउँदै छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । वैशाख ८ देखि १० गतेसम्म उनले नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रका अनुसार डब्लुएचओका महानिर्देशक गेब्रेयससको नेपाल भ्रमण टोलीमा डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा पूनम क्षेत्रपाल सिंह र डब्लुएचओका अन्य पदाधिकारीहरु पनि सहभागी हुनेछन् ।

नेपाल भ्रमणमा रहँदा महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, उनले परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग पनि भेट गर्ने परराष्ट्रले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ११ : २४ बजे

महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्च कांग्रेसले आफ्नै खर्चमा मर्मत गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको

कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका

मोरङमा गाँजा तस्करी नियन्त्रण गर्न प्रहरीले चलायो गोली, एक घाइते

विराटनगर । मोरङको रतुवामाईमा गाँजा तस्करीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन

जीवित देवी कुमारीबाट पचली भैरवको दर्शन

काठमाडौं । जीवित देवी कुमारीले पचली भैरवको दर्शन गर्नुभएको छ